२०७९ भाद्र १ बुधबार
  • काठमाडौँ

मलेसिया रोजगार – विर्स्टन कम्पनीले शून्य लागतमा नेपाली कामदार लैजाने, पहिलो चरणमा ४५० नेपाली जाँदै !

असार २३, काठमाडौँ : मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ। काठमाडौंमा आयोजित एक कार्यक्रममा मलेसियाको

विर्स्टन टेक्नोलोजी र नेपालस्थित मेनपावर कम्पनी आकर्षण इन्टरनेसनल र लालधनुष इन्टरनेसनलबीच द्विपक्षीय सम्झौता भएको छ। सम्झौतापत्रमा विर्स्टन टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेसनलका तर्फबाट

अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेसनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गरे।
सम्झौताअनुसार उक्त कम्पनीमा दुई मेनपावर कम्पनीमार्फत् नेपाली श्रमिक शून्य लागतमा मलेसिया जान पाउनेछन्।

मलेसियाको सो कम्पनीले पहिलो चरणमा ४५० श्रमिक लैजान लागेको छ। आकर्षण इन्टरनेसनलबाट १४० महिला र ६० पुरूष तथा लालधनुष इन्टरनेसनलबाट १७५ महिला र ७५ पुरूष श्रमिक मलेसिया जाँदैछन्।

नेपाली श्रमिक मलेसिया लैजान कम्पनीको उच्च व्यवस्थापक टोली काठमाडौंमै आएको छ। बुधबार र बिहीबार श्रमिक छनोटका लागि अन्तर्वार्ता तोकिएको छ।

छनोट भएर मलेसिया जाने नेपाली श्रमिकको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने विर्स्टन टेक्नोलोजीका डेपुटी जनरल म्यानेजर डेभिडले बताए। कामदारको सुरक्षा र स्वास्थ्यका बारेमा हामी अत्यन्त सजक छौं, उनले भने, नेपाली श्रमिक र मलेसियाका श्रमिकका बीचमा ज्याला तथा अवसरमा कुनै विभेद हुनेछैन।

चीन, भारत, ताइवान, मेक्सिको, चेक रिपब्लिक, फिलिपिन्सलगायत देशमा सो कम्पनीको उद्योग छ।
मलेसियामा मात्रै दुई उद्योग छन्। सो कम्पनीमा विभिन्न देशमा गरी करिब ८० हजार श्रमिक कार्यरत छन्।

डेपुटी जनरल म्यानेजर डेभिडले श्रमिकको आरामदायी बसोबासका लागि आफ्नै अपार्टमेन्ट रहेको बताए।
उक्त कम्पनीले नेपाली श्रमिकलाई न्यूनतम एक हजार ५०० मलेसियन रिङ्गेट तलब पाउनेछन्। त्यसका अतिरिक्त भत्ता र बोनसका साथै वार्षिक बिदाको पनि व्यवस्था छ।

आकर्षण इन्टरनेसनलका अध्यक्ष केसीले श्रमिकको न्यायोचित भर्नाको सुरूआत गरिएको र नमूना मेनपावर लक्ष्यसहित लागि परेको बताए। १८ वर्षदेखि वैदेशिक रोजगारीमा श्रमिक पठाउँदै आएको सो मेनपावरले सन् २०१५ देखि शून्य लागतमा श्रमिक पठाउँदै आएको छ।

२०७९ असार २३, बिहीबार प्रकाशित 0 Minutes 130 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार