२०७९ श्रावण २२ आईतवार
  • काठमाडौँ

अब देखि यती एअरलाइन्सका उडानमा मनोरञ्जनात्मक सेवा, उडिरहेकै बेला होटल बुकिङ गर्न सकिने !

अब देखि यती एअरलाइन्सका उडानमा मनोरञ्जनात्मक सेवा, उडिरहेकै बेला होटल बुकिङ गर्न सकिने !

असार २२, काठमाण्डाै : यती एयरलाइन्सका जहाजमा अब उडानको समयमा मनोरञ्जनात्मक सेवा लिन सकिने भइको छ । आन्तरिक उडानमा पहिलो पटक यतीले यस्तो सेवा दिन लागेको हो ।

एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार अब हरेक यात्रुले आफ्नै मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न सक्ने भएका छन् । इन्फ्लाइट मनोरञ्जनका लागि वायु यानभित्र रहेको डिभाइसमा कनेक्ट गरी हरेक उमेर समूहलाई लक्षित विभिन्न

मनोरञ्जनात्मक भिडियो, गीत–सङ्गीत, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्री राखिने भएको हो । यस सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्रीसहित अकाशबाटै होटल बुक समेत गर्न सकिने भएको छ ।

यसमा अनलाइन शपिङको समेत सुविधा हुनेछ । यथाशीघ्र इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने उद्देश्यले आवश्यक तयारी र परीक्षण भइरहेको र परीक्षणपछि कम्पनीले सबै जहाजमा यो सेवा दिने भएको छ

२०७९ असार २२, बुधबार प्रकाशित 0 Minutes 142 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार