
असार २१, काठमाडौं : अध्यागमन विभागले अनलाइनबाट भिसा लिन सकिने व्यवस्था गरेको छ । विभागले पछिल्लो समय इ भिसाको अवधारणासहित अनलाइन आवेदन दिएर
भिसा लिन सक्ने व्यवस्था गरेको विभागका महानिर्देशक नारायण भट्टराईले बताए । उनले भने, अहिलेलाई भिसाको लागि अनलाईन आवेदन दिन सकिने व्यवस्था गरिएको छ ।
कागजात अपलोड गरेपछि विभागमा आएर रुजु गरी बैंक भौचर तिरेर भिसा लिन सकिन्छ। विभागले स्वचालित प्रणाली अनुसार सेवा विस्तार गर्ने गरी भिसाका लागि अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको हो ।
महानिर्देशक भट्टराईले भने, अनलाइन भुक्तानीका लागि अहिले गैरआवसीय नेपाली भिसालगायत अन्य भिसा प्राप्त गर्न उल्लेखित प्रक्रिया पुर्याएर आवेदन दिन सकिने जनाएको छ ।
यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।