२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

बधाई ! २४ वर्षीय महिलाले जन्माइन् तिम्ल्याहा बच्चा !

असार १९, कञ्चनपुर : जिल्लाको कृष्णपुर नगरपालिका–२ वाणिकी २४ वर्षीया गौमती कुँवरले तिम्ल्याहा बच्चालाई जन्म दिएकी छन् ।

गौमतीले बिहीवार राति ११ बजे माया मेट्रो अस्पताल दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । आमा र तिम्ल्याहा बच्चाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार गौमतीले गर्भवती भएको सात महिनामै शल्यक्रियामार्फत् तिम्ल्याहा बच्चालाई जन्म दिएकी हुन् ।
शिशुहरूको तौल १.६, १.६ र १.५ किलो रहेको

अस्पतालले जनाएको छ । प्रसूति व्यथाले च्यापेपछि गौमतीलाई हिजो साँझ मात्रै अस्पताल लगिएको थियो ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् सयौंले तिम्ल्याहा बच्चालाई जन्म दिने गौमती र उनका श्रीमान् गणेशबहादुर कुँवरलाई बधाई दिइरहेका छन् ।

२०७९ असार १९, आईतवार प्रकाशित 0 Minutes 266 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।