२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

बुद्ध एअरले सुदूरपश्चिमलाई बेस बनाएर पहिलो उडान सुरु !

असार १४, डोटी : निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एअरले आज मङ्गलवारदेखि सुदूरपश्चिम प्रदेशलाई ‘बेस’ बनाएर पहिलो उडान सुरु गरेको छ ।

निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले केही दिनअघि विमान सञ्चालक कम्पनीहरूले आफ्नो बेस लिएका ठाउँबाट पहिलो उडान भर्नुपर्ने निर्णय लागू गर्नुभएको थियो ।

त्यहीअनुसार बुद्ध एअरले धनगढीकाे गेटा विमानस्थलबाट आज बिहान काठमाण्डौका लागि पहिलो उडान भरेको हो ।
आफ्ना सबै उडान काठमाण्डौबाट सञ्चालन गर्दै आएको बुद्धले आजदेखि धनगढी–काठमाण्डौ पहिलो उडान सुरु गरेको

गेटा विमानस्थलमा रहेको नागरिक उड्डयन प्राधिकरणका प्रमुख रामकृष्ण भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार बुद्ध एअरले आज बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट उडान भर्ने तालिका थियो तर मौसमको खराबीका कारण ८ बजेर ९

मिनेटमा काठमाण्डौका लागि उडेको थियो । बुद्धले गेटाबाट उडान भर्न सुरु गरेपछि यहाँका यात्रुलाई निकै सहज भएको छ । बुद्ध एअरको जहाजले अब हरेक दिन बिहान ६ बजेर १५ मिनेटमा धनगढीबाट काठमाण्डौका लागि उडान भर्ने भएको छ ।

२०७९ असार १४, मंगलवार प्रकाशित 1 Minute 213 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।