२०७९ आश्विन १५ शनिबार
  • काठमाडौँ

काठमाडौं बाट उडान गर्ने श्रीलंकन एयरलाइन्सले पायो अनुमति !

असार १२, काठमाडौ : काठमाडौ बाट श्रीलंकन एयरलाइन्सले उडान संख्या विस्तार गर्ने भएको छ। एयरलाइन्सले आगामी जुलाइ ६ तारिख (असार २२) देखि त्रिभुवन अ‍न्तर्राष्ट्रिय

विमानस्थलमार्फत् सातामा सातवटै उडान गर्ने अनुमति पाएको नेपालका लागि आधिकारिक जेनिथ ट्राभल्सले जनाएको छ।
एयरलाइन्सले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्ड लगायतका खाडीका गन्तव्यमा कोलम्बो ट्रान्जिट

बनाएर सातामा सात उडान गर्ने अनुमति पाएको हो। हाल विभिन्न मुलुकमा जाने यात्रुको संख्या वृद्धि भएसँगै उडान थपेको ट्राभल्सका प्रबन्धक दीपक मैनालीले सेतोपाटीलाई बताए।
एयरलाइन्सले हाल आइतबार, सोमबार, मंगलबार र बिहीबार गरी नियमित चारवटा उडान गर्दै आइरहेको छ।

यात्रुको संख्या बढेसँगै उडान थपेका हौं। यसका लागि हिजो नागरिक उड्यन प्राधिकरणले स्वीकृत गरिसकेको छ । प्रबन्धक मैनालीले भने,हामी आन्तरिक तयारीमा जुटेका छौं।

उनकाअनुसार आगामी जुलाई १० तारिखसम्म एयरलाइन्सको टिकट बुकिङ भइसकेको छ। एयरलाइन्समा डेढ सय सिट क्षमता छ। यो एयरलाइन्समार्फत नेपालबाट दैनिक डेढ सय यात्रु बाहिरिने गरेका छन् भने विभिन्न मुलुक ट्रान्जिट हुँदै ७० जना यात्रु नेपाल भित्रने गरेका छन्।

कम्पनीले अमेरिका, अष्ट्रेलिया, लण्डन, जापान, कोरिया, थाइल्याण्ड लगायतका गन्तव्यमा नियमित उडान गर्दै आएको छ। त्यस्तै, कोलम्बो ट्रान्जिट बनाएर साउदी, दोहा, मालिदिभ्सतर्फ सेवा दिँदै आइरहेको छ।

२०७९ असार १२, आईतवार प्रकाशित 0 Minutes 189 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।