२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

नेपालमा अन्तर्राष्ट्रिय तर्फ हिमालय एयरलाइन्स , आन्तरिकमा यती एयरलाइन्स सुरक्षित

जेठ ३०, काठमाडौं : मन्त्रालयको अध्ययन प्रतिवेदनअनुसार हवाई सुरक्षा व्यवस्थापन प्रणाली कार्यान्वयनमा अन्तर्राष्ट्रियतर्फ हिमालय एरलाइन्स र आन्तरिकतर्फ ट्रंककमा यती एयर

लाइन्स र स्टलमा समिट एयर पहिलो नम्बरमा छन् ।
सुरक्षा व्यवस्थापन प्रणाली (सेफ्टी म्यानेजमेन्ट सिस्टम) कार्यान्वयनको आधारमा वायुयान कम्पनीहरूको हवाई

सुरक्षा स्थितिका कारेमा अध्ययन गर्न गठित समितिले नेपालमा दर्ता भई सञ्चालनमा रहेका १० वटा फिस्क्ड विङ्स वायुसेवा कम्पनी र ९ वटा हेलिकाेप्टर कम्पनीको अध्ययन गरेको थियो । नेपालमा कुल ७५ वटा विमान र २९ वटा हेलिकप्टर सञ्चालनमा रहेका छन् ।

हवाई सुरक्षा व्यवस्थापन प्रणालीमा मूलत: ४ वटा विषयको अध्ययन समितिले गरेको थियो । जसमा सुरक्षा नीति र उद्देश्य, सुरक्षा जोखिम व्यवस्थापन, सुरक्षा सुनिश्चितता, सुरक्षा प्रवर्द्धनमा रहेका छन् ।

यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।

२०७९ जेष्ठ ३०, सोमबार प्रकाशित 0 Minutes 241 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।