
जेठ २९, काठमाडौं : नेपाल क्रिकेट संघ(क्यान)का महाप्रबन्धक वृतान्त खनाल र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच आईतबार भेटवार्ता भएको छ।
काठमाडौं महानगरपालिकाको कार्यालयमा भएको भेटवार्तामा काठमाडौं महानगरपालिकामा क्रिकेटलाई कसरी अगाडि बढाउने र यहाँका विद्धालय तहमा पनि क्रिकेटको प्रवर्द्धन गर्न नीति
निर्माणका लागि आवश्यक छलफल भएको क्यानका महाप्रबन्धक खनालले अन्नपूर्णलाई जानकारी दिए।
यस्तै काठमाडौं मेयर्स कप र क्रितिपुरस्थित टीयू क्रिकेट खेलमैदान व्यवस्थित गर्नपनि छलफल भएको
महाप्रबन्धक खनालले जानकारी दिए। मेयर बालेनले पनि महानगरको तर्फबाट आवश्यक सहयोग गर्न तयार रहेको महाप्रबन्धक खनालले बताए।