
जेठ २९, काठमाडौँ : प्रहरीले २६० ग्राम सुनसहित तीन जनालाई प’क्राउ गरेको छ। कुवेतबाट जजिरा एयरलायन्सको विमानबाट भित्री वस्त्रमा लुकाएर ल्याएको
अवस्थामा तीनै जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा प्रकाश दनुवार, शुमा कुमारी माझी र सरोज मोची रहेका छन्। जजिरा एयरलायन्सको जे९ ५३९बाट शनिबार नेपाल आएका उनीहरुले पाइन्टको भित्रि भागमा लुकाएर
बाहिरबाट सिलाई लुकाएर ल्याएको अवस्थामा भन्सार कार्यालयले नियन्त्र’णमा लिएको हो। तीनै जनालाई अन्य व्यक्तिले एक-एक वटा पाइन्ट दिएर लगाई जान भनेको र नेपाल पुगेपछि ती पाइन्ट अन्य व्यक्तिलाई बुझाएपछि केही रकम पाउने आशा देखाएको प्रारम्भिक बयानमा खुलेको छ।
थप समाचार, यूइएफए नेसन्स लिग फुटबलअन्तर्गत शुक्रबार राति भएको खेलमा विश्व विजेता फ्रान्स १–१ को बराबरीमा रोकिँदा क्रोयसियाले भने पहिलो जित निकालेको छ ।
समूह ए १ को खेलमा दोस्रो बराबरी गर्ने क्रममा फ्रान्सले अष्ट्रियासँग अंक बाढ्न बाध्य भयो । सात मिनेट बाँकी रहँदा युवा स्टार खेलाडी केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको हार टारे ।
यसअघि घरेलु टोली अष्ट्रियाको लागि आन्द्रेस वेमानले गोल गर्दै सुरुवाती अग्रता दिलाए थिए । यता, अष्ट्रियाको भने प्रतियोगितामा पहिलो हार हो ।
यस्तै, समूहको अर्को खेलमा क्रोयसियाले डेनमार्कलाई १–० अन्तरले पराजित ग-र्यो । प्रतियोगितामा पहिलो जित निकाल्ने क्रममा क्रोयसियाको लागि मारियो पासालिकले खेलको ६९औं मिनेटमा गोल गरे ।
यस खेलसँगै समूह ए १ मा पराजित डेनमार्क ३ खेलबाट ६ अंक जोड्दै शीर्षस्थानमा छ । समान खेलबाट समान ४ अंक भए पनि अष्ट्रिया दोस्रो र तेस्रो स्थानमा छ । यस्तै २ अंक बनाएको फ्रान्स पुछारमा छ ।