
जेठ २५, धरान : धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्क साम्पाङ्गले उपमहानगरका विद्यार्थीलाई ट्राफिक सचेतनाका लागि पाठ्यक्रममै राखेर पढाई सुरु गरिने बताएका छन् ।
धरान उपमहानगरले विद्यालयको पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरू गर्ने भएको हो । मेयर साम्पाङ्गले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा समेत सो विषयको जानकारी दिँदै ट्राफिक नियम प्रभा’वकारी बनाउन सबैलाई आग्रह गरेका छन् ।
सडक दु-र्घ’टना न्यूनीकरण गर्नु उपमहानगरको उद्देश्य भएकाले सबैको सहयोग रहने मेयरको विश्वास छ । धरान उपमहानगरले स्कूले पाठ्यक्रममा ट्राफिक नियम अध्यापन सुरु गर्नेछ ।
सबैले यसलाई प्रभा-वकारी बनाऔँ । सडक दु-र्घ’टना न्यूनीकरण हाम्रो उद्देश्य रहनेछ ।’ उनले आफ्नो फेसबुक पेजमार्फत् भनेका छन् । प्रदेश पोर्टलमा खबर छ ।