
सीमा क्षेत्रमा बे-चिन लागेका ४६ महिलाको सशस्त्र प्रहरीद्वारा उद्धार
जेठ १८, सिरहा : सीमा सुरक्षाका जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलको सक्रियतामा मधेश प्रदेशबाट मानव बेच-बिखनमा पर्न लागेका ४६ जना महिलालाई उद्दार गरिएको छ ।
प्रदेशको विभिन्न स्थानबाट मानव बेच-बिखनमा पर्न लागेका ४६ महिलाको एद्दार गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति डीआईजी गणेश ठाडामगरले जानकारी दिए ।
उनीहरुलाई विभिन्न प्रलोभन दिएर भारततर्फ बेच-बिखनका लागि लैजाने क्रममा सीमा सुरक्षामा खटीएका सशस्त्र प्रहरी बलले उनीहरु उद्दार गरेको बाहिनीपति डीआईजी ठाडामगरले जानकारी दिए ।
उनका अनुसार सीमा नाकाहरुमा मानव बेचबिखनका घट्नाहरु बढ्दो छ । यसलाई न्यूनीकरण गर्न सीमा सुरक्षा सशस्त्र प्रहरी बल गम्भीर बनेको उनको भनाइ छ ।