२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

पोखरा अन्तराष्ट्रिय विमानस्थलको ९६ प्रतिशत काम सम्पन्न, संचालनमा ढिलाइ !

जेठ १८, कास्की : राष्ट्रिय गौरवका आयोजनामध्येको एक आयोजना हो पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल । पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सम्पन्न भएमा देशले अन्य

दुईटा अन्तराष्ट्रिय विमानस्थल पाउनेछ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल २०७१ मा शिलान्यास गरिएको थियो । शिलान्यास भएको सात वर्षमा सम्पन्न भएर पनि जेठ २ गतेबाट व्यवसायिक उडान गरिएको छ ।

६ अर्ब ८२ करोड लागतमा निर्माण भएको गौतमबुद्ध विमानस्थल संचालनमा आएपनि २०७३ बैसाख १ गते शिलान्यास गरिएको पोखरा अन्तराष्ट्रिय विमानस्थल अझै संचालनमा आउन सकेको छैन ।

२२ अर्ब लागतमा निर्माण हुँदै गरेको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा हालसम्म ९६ प्रतिशत काम सम्पन्न भएको छ । पूर्ण रुपमा सम्पन्न नभएता पनि चीन सरकारले नेपाल सरकारलाई उक्त विमानस्थल हस्तान्तरण गरिसकेको छ ।

अहिल विमानस्थलको ९६ प्रतिशत काम सम्पन्न भएतापनि संचालनमा ढिलाइ हुने देखिएको छ । ल्याण्डफिल्ड साइड, सिँचाई र रिठेपानी डाँडाको कारण विमानस्थल संचालनमा आउन ढिला हुने भएको हो ।

विमानस्थलमा हालसम्म १४ वटा ट्रमिनल

बिल्डिङ, फिनिसिङ, ल्याण्डस्क्यापको काम सम्पन्न भएको छ । निर्माण कार्य जुलाई १० सम्म सम्पन्न हुने विमानस्थलले जानकारी दिएको छ ।

विमानस्थलभित्र पनि कर्मचारीको व्यवस्थापनदेखि अन्य काम पनि बाँकी नै रहेको छ । अन्तराष्ट्रिय स्तरको विमानस्थलमा हुनुपर्ने महत्वपूर्ण विशेषताहरुलाई अनुसरण गर्दै विमानस्थल संचालनमा ल्याइने आयोजना प्रमुख विनेश मुनकर्मीले बताए ।

नेपाल नागरिक उड्डयन प्राधिकरणबाट विमानस्थल संचालनका लागि कार्यदल गठन भइसकेको छ र कार्यदलले आफ्नो काम अगाडि बढाइसकेको छ ।

कार्यदलले विमानस्थल निर्माणमा भएका कमीकमजोरीलाई सुधार्ने काम गर्नेछ । ल्याण्डफिल्ड साइट, रिठेपानी डाँडा, सिँचाई प्रमुख समस्या देखिएता पनि सो समस्याको समाधान तर्फ विमानस्थल लागिपरेको छ । देखिएका तीन समस्या समाधान भए पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमान स्थल संचालनमा आउने मुनकर्मीले बताए ।

अहिले नेपाली र विदेशी गरेर तीन सय जनाले दिनको १२ घण्टा काम गरिरहेका छन् । पोखरा अन्तराष्ट्रिय विमानस्थल संचालनमा आएको खण्डमा पोखराको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छ ।

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।