२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

सुरेन्द्र पाण्डे भन्छन् – वृद्धभत्ता ‍हाम्राे ब्राण्ड हाे, जति वर्षमा दिए पनि स्याबासी एमालेले नै पाउँछ ।

जेठ १८, काठमाण्डाै : पूर्वअर्थमन्त्री तथा नेकपा (एमाले) का सांसद सुरेन्द्र प्रसाद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाे बताउनु भएकाे छ ।

प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पाण्डेले वृद्धभत्ता एमालेको ब्राण्ड भएकाले जसले जति वर्षमा झारेर दिए पनि केही फरक नपर्ने बताउनु भएकाे हाे । सांसद पाण्डेले वृद्धभत्ता ६८ वर्षमै दिए पनि एमालेले स्याबासी पाउने बताउनुभयो ।

साथै उहाँले वृद्धभत्ता ५ हजार रुपैयाँ पुुर्याएको भए पनि राम्रो हुने तर्क गर्नुभयो । उहाँले भन्नुभयो – ‘वृद्धभत्ता जतिसुकै कुरा गरे पनि यो एमालेको ब्राण्ड जस्तो हुन्छ । तपाईँ ६८ मा झार्नुस्, ५८ मा झार्नुस् केही फरक पर्दैन । वृद्धभत्ता जे गर्नुस् त्यो एमालेकै दाबी हुन्छ ।

एमालेलाई नै मान्छेले स्याबास् गर्छन् । ताली ठोक्छन् ।’
उहाँले नेपाली कांग्रेसले एकलौटी शासनको सपना देखिरहेको टिप्पणी गर्नुभयो । गठबन्धनलाई सँगै जान गाह्रो भइराखेको उल्लेख गर्दै उहाँले चुनाव भएदेखि गठबन्धनका दलहरु

सबै छुट्टिने थिए भन्ने कांग्रेसले चाहेको उहाँले जिकिर गर्नुभयो । उहाँले भन्नुभयो – ‘गठबन्धन सँगसँगै जानलाई गाह्रो भएको छ । चुनावपछि यी सबै कसले हात समातेका छन् । कसले खुट्टा समातेका छन् । ती सबै त्यहाँबाट छुट्टिएर जाने छन् ।

कांग्रेस एकलौटी शासनको बडो सपनामा बसिरहेको छ । त्यसकै लागि प्रयास गरिरहेको मैले देख्छु ।’ उहाँले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बजेट कटौती भएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

कर्मचारीको तलब १५ प्रतिशतका दरले समान रुपमा बढ्नु न्यायोचित नभएको बताउनुभएको छ । साथै पाण्डेले महँगीको हिसाबमा कर्मचारीको तलब १५ प्रतिशतले वृद्धि हुनु ठिकै भए पनि सबै वर्गका कर्मचारीहरुको समान रुपमा तलब वृद्धि हुनु न्यायोचित नभएको बताउनुभएको हो । उज्यालो अन्लाईन

२०७९ जेष्ठ १८, बुधबार प्रकाशित 0 Minutes 169 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।