२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

अब देखि हेलिकप्टरमा पनि २ जना पाइलट अनिवार्य गर्ने तयारी

काठमाण्डाै : नेपाल नागरिक उड्डयन प्राधिकरणले एउटा मात्रै इन्जिन भएको हेलिकप्टरमा समेत दुई जना पाइलट अनिवार्य गर्ने तयारी गरेको छ ।

यसका लागि प्रस्ताव तयार पारेर सात दिन भित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको प्राधिकरणले जनाएको छ । अहिले नेपालमा दुई वटा इन्जिन भएका

हेलिकप्टर र हवाईजहाजमा मात्रै दुई जना पाइलट अनिवार्य हुनुपर्ने व्यवस्था छ । पाइलट बेहोस हुने तथा अरू स्वास्थ्य समस्याका कारण हुन सक्ने दुर्घटनालाई ख्याल गरेर दुई जना पाइलटको व्यवस्था गर्न लागेको पनि प्राधिकरणले जनाएको छ ।

तर हेलिकप्टर व्यवसायीहरूले भने नेपालमा हेलिकप्टर पाइलट उपलब्ध गराउन कठिन हुने भएकोले यस्तो व्यवस्था कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने बताएका छन् ।

२०७९ जेष्ठ १७, मंगलवार प्रकाशित 0 Minutes 223 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।