२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

जनार्दन शर्मा भन्नुहुन्छ – दूतावास नभएका देशमा भर्चुअल दूतावासको अवधारणामा सेवा प्रवाह गरिने

जेठ १५, काठमाण्डौ : नेपाली दूतावासहरू नभएका देशमा भर्चुअल दूतावासको अवधारणा अनुसार सेवा प्रवाह गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष

२०७९/८० को बजेट प्रस्तुत गर्दै भौतिक रूपमा दूतावास नभएका देशमा भर्चुअल दूतावासको अवधारणा अनुसार सेवा प्रवाह गरिने बताउनुभएको हो । यस्तै आवश्यकता अनुसार विदेशमा रहेको नेपाली नियोगहरूको सङ्ख्यामा पनि
पुनरावलोकन गरिने भएको छ ।

बजेटमार्फत अर्थमन्त्री शर्माले विद्युतीय राहदानीलाई सरल र सहजरूपमा प्रवाह गर्न राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूमा आवश्यक स्रोतको व्यवस्था गरिने पनि बताउनुभएको छ भने कन्सुलर सेवा पनि थप प्रभावकारी बनाइने भएको छ ।

थप समाचार, सरकारले आगामी आर्थिक वर्षदेखि ‘एक चिकित्सक, एक अस्पताल’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आव

२०७९-८० को बजेट प्रस्तुत गर्दै दुर्गम जिल्लाका अस्पतालमा काम गरिरहेको कर्मचारी र स्वास्थ्यकर्मी उत्प्रेरित गर्नका लागि सो कार्यक्रम सञ्चालन गरिने उल्लेख गरे।

गुणस्तरीय स्वास्थ्य सेवा र स्वास्थ्य प्रवद्र्धन गर्नका लागि लुम्बिनी प्रदेशको राजापुरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशको सप्तरीमा चिकित्सा विज्ञान स्वास्थ्य विज्ञान

प्रतिष्ठानमार्फत ‘सुपरस्पेसियालिष्ट स्पेसिलिटी’ स्वास्थ्य सेवासहितको अस्पालत निर्माण गरिने उहाँले बताउनुभयो । यस्तै सिकलसेल, एमोनिया अनुसन्धान तथा उपचार केन्द्र स्थापना गरिने छ ।

ट्रमा सेन्टर

रुपेन्देहीको सैनामैना, नवलपरासीपूर्वको देवचुली, कैलालीको लम्की, कर्णाली करिडोरको राकम र धादिङको बेल्खुमा ट्रमा सेन्टर स्थापना गर्ने बजेटमा उल्लेख गरिएको छ ।

क्यान्सरको रोगको निदान गरी स्वदेशमा नै उपचार गर्नका लागि पेट स्क्यान मेसिन तथा साइकोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न रु ५० करोड रकम विनियोजन गरिएको उनले जानकारी दिए।

पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क खोप कार्यक्रम सञ्चालन गर्ने बजेटमा राखिएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई अङ्ग प्रत्यारोपणसम्बन्धी विशेषज्ञ उत्पादन गर्ने सक्षम प्रतिष्ठानको रूपमा विकास गरिने उल्लेख गरिएको छ ।

२०७९ जेष्ठ १५, आईतवार प्रकाशित 1 Minute 156 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।