२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

भारतको सीमामा तारबार लगाउने वडाध्यक्षले चुनाव हारे !

काठमाडौं : नेपाल भारत सीमामा तारबार लगाएर चर्चामा आएका वडाध्यक्ष चुनावमा पराजित भएका छन् । नेकपा माओवादी केन्द्रबाट ठोरी गाउँपालिका वडा नं ३ को

वडाध्यक्षमा उम्मेदवारी दिएका उनलाई नेकपा एमालेका शम्भु खड्काले पराजित गरेका हुन् । लिपुलेक र कालापानी क्षेत्रमा भारतीय पक्षले मिचेको सीमाको विषयलाई लिएर सडकदेखि सदनसम्म सीमामा काँडेतार लगाउन माग भइरहेको बेलामा

उनले २०७४ सालदेखि ४ वर्ष लगाएर विकास बजेट कटौती गरेर सीमामा तारबार लगाएका थिए । उनले २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा विजयी भएपछि पहिलो वर्ष

१५ लाख, दोस्रो वर्ष १० लाख र तेस्रो वर्ष ८ लाख रुपैयाँ बजेट छुट्याएर तारबार लगाएका थिए । उनले ठुटे खोलादेखि ब्रह्मनगरसम्मको पाँच किलोमिटरमा तारबार लगाएका थिए । तर उनको यो प्रयासलाई जनताले अनुमोदन गरेर चुनाव भने जिताएनन् ।

सुदर्शन खबर

२०७९ जेष्ठ १२, बिहीबार प्रकाशित 0 Minutes 491 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।