२०७९ आश्विन १९ बुधबार
  • काठमाडौँ

बालेन सिर्जना भन्दा १८९३७ मतले अगाडि

जेठ ९, काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को अग्रता कायमै रहेको छ ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितलाई झण्डै दोब्बर मतले पछि पार्दै उनी प्रतिपस्र्धामा अघि रहेका छन् ।

पछिल्लो प्राप्त मत परिणामअनुसार बालेनले ४७७५२ मत पाएका छन् भने सिर्जनाले २८८१५ र केशव स्थापितले २७९७७ मत पाएका छन् । यसअघि स्थापित सिर्जनाभन्दा अघि रहेर बालेनलाई पछ्याइरहेका थिए ।

तर, अहिले स्थापितलाई सिर्जनाले उछिनेकी छन् । बालेन सिर्जनाभन्दा १८९३७ मतका साथ अघि रहेका छन् भने स्थापितभन्दा १९७७५ मतले अघि रहेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६१९३ मत ल्याएका छन् । राप्रपाका मदनदास श्रेष्ठले २९९६ मत पाएका छन् ।

उपप्रमुख (उपमेयर)तर्फ एमालेकी सुनिता डंगोलको अग्रता कायमै रहेको छ । उनले ४४७०५ मत पाउँदा उनका प्रतिस्पर्धी रामेश्‍वर श्रेष्ठ (एकिकृत समाजवादी)ले १५२८२ मत पाएका छन् भने बिनिता मगैया (राष्ट्रिय प्रजातन्त्र पार्टी)ले ७०२३ मत पाएकी छन् ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 283 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार