२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

सुनिता ढङोललाई काठमाडौंको उपमेयरमा तेब्बर मतको अग्रता

जेठ ९, काठमाडौ : काठमाडौं महानगरपालिकाको उपमेयरमा एमालेकी सुनिता डंगोलको अग्रता कायमै छ। पछिल्लो परिणामअनुसार डंगोलले ४४ हजार ७ सय ५ मत प्राप्त गरेकी छन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ६ सय ७० मत पाएका छन् । सुनिता श्रेष्ठभन्दा २९ हजार ३५ मतले अगाडि छिन् ।

यस्तै उपमेयरमा राप्रपाका विनिता मगैयाले ७ हजार ९ सय ३३ मत पाएकी छन्। मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ। उनले ४३ हजार ७ सय ५७ मत पाउँदा नेपाली कांग्रेसकी सिर्जना सिंहले २५६८० मत पाएकी छन्।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २४५८८ मत पाएका छन्। यस्तै स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६ हजार ५१ मत पाएका छन्।

विवेकशील साझाकी समिक्षा बास्कोटाले ४९१ मत पाएकी छन् काठमाडौंमा हालसम्म १ लाख २४ हजार ५४४ मत गणना भइसकेको छ। यहाँ १ लाख ९० हजार ९८४ मत खसेको थियो ।

२०७९ जेष्ठ ९, सोमबार प्रकाशित 0 Minutes 238 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।