२०८० आश्विन १४ आईतवार
  • काठमाडौँ

बधाई ! धनगढी उप-महानगरको मेयरमा स्वतन्त्रबाट हमाल विजयी

जेठ ८, कैलाली : धनगढी उप–महानगरपालिकाको प्रमुख पद (मेयर) मा स्वतन्त्रका गोपाल हमाल विजयी भएका छन् । हमालले सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नृपबहादुर

वडलाई १२ हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।
सुदूरपश्चिम प्रदेशको एक मात्र उप–महानगर धनगढीको प्रमुख र उपप्रमुख दुवैमा सत्ता गठबन्धनका उम्मेदवारहरू पराजित भएका छन् ।

उपप्रमुखमा नेकपा एमालेबाट उम्मेदवार रहेका कन्दकला रानाले जितेकी छन् । उनले गठबन्धनबाट उम्मेदवार रहेकी माओवादीकी शान्ति अधिकारीलाई १ हजार २६२ मतान्तरले पराजित गरेकी हुन् ।

प्रमुखका स्वतन्त्र उम्मेदवार हमालले २६ हजार ४४३ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी वडले भने १४ हजार १४६ मत मात्रै पाए ।

२०७९ जेष्ठ ८, आईतवार प्रकाशित 0 Minutes 192 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।