२०७९ असार १५ बुधबार
  • काठमाडौँ

धरानमा लौरोको कमाल, साम्पाङकाे अग्रता बढेको

जेठ ७, धरान : धरान उपमहानगरपालिकाको पछिल्लो मत गणनाको परिणाम अनुसार मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले २ हजार ८ सय ४४ मतकाे अग्रता बनाउनु भएकाे छ ।

उहाँले गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईसँगकाे मतान्तर बढाउँदै लैजानु भएकाे छ। निर्वाचन अधिकृतको कार्यालय धरानका सहायक निर्वाचन अधिकृत गणेशप्रसाद खतिवडाले दिएको जानकारी अनुसार

अहिलेसम्म ५० हजार १ सय ९ मत गणना भएकोमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले १६ हजार २६ मत प्राप्त गरी पहिलो स्थानमा हुुनुहुन्छ । किशोर राईले १३ हजार १ सय ८२ र नेकपा एमालेकी मञ्जु भण्डारी सुवेदीले १० हजार ६ सय २२ मत प्राप्त गर्नुभएकाे छ ।

यसैगरी उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका आइन्द्र विक्रम बेघाले १६ हजार ७९ र नेकपा एमालेका पदम इस्बो लिम्बुले १४ हजार ४ सय ३१ मत प्राप्त गर्नुभएकाे छ ।

धरानमा अहिलेसम्म १, २,३,४,५,६,७,८,९,१०,११,१२,१३,१४,१८, १९ र २० नं वडासहित वडा नं १५ को ४ हजार ८ सय वडा नं १६ को १ हजार मत वडा नं २० को १ हजार ३ सय १० मतसहितको गणनामा यस्तो मत परिणाम आएको सहायक निर्वाचन अधिकृत खतिवडाले बताउनु भयाे ।

२०७९ जेष्ठ ७, शनिबार प्रकाशित 0 Minutes 138 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार