२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

बालेन ३ हजार मतले अगाडि, सुनिता ४ हजार मतले अगाडि

जेठ १, काठमाडाैँ : महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन साहको ३ हजार भन्दा बढी मतले अगाडि छन् । पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र

उम्मेदवार साहले ६ हजार ४८६ मत प्राप्त गरी आफ्नो अग्रता कायम राखेका छन् । नेकपा (एमाले) का केशव स्थापितले भने ३ हजार ४१३ मत ल्याएका छन् । यसैगरी नेपाली कांग्रेसका सिर्जना सिंहले ३ हजार ९ मत प्राप्त गरेकी छन् ।

स्थापितभन्दा बालेन साह ३ हजार ७३ मतले अगाडि छन् ।
यसैगरी उप-प्रमुनमा एमालेको तर्फबाट उम्मेदवार रहेकी सुनिता डङ्गोलले ५ हजार ८९६ मत प्राप्त गरेकी छन् भने नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १ हजार ६३२ मत प्राप्त गरेका छन् । श्रेष्ठभन्दा डंगाेल ४ हजार २६४ मतले अगाडि छन् ।

निर्वाचन कार्यालयले गणना केन्द्र थप गर्ने तयारी गरेको पनि जनाएको छ । हाल राष्ट्रिय सभागृहबाट कामपाको मत गणना भइरहेको छ । अहिले २, ३, ४, ५, ३१ र ३२ मत गणना कार्य भइरहेको छ ।

वडा नम्बर १ को मतपरिणाम आइतबार नै सार्वजनिक भइसकेको छ । मत परिणामअनुसार एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ अध्यक्ष पदमा विजय हुनुभएको छ ।

केही समयभित्र वडा दुईको पनि मतपरिणाम सार्वजनिक गरिने काठमाडौँ जिल्लाका निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिनुभयो । कामपामा हालसम्म १४ हजार ७७८ मत गणना भएको जनाइएको छ ।

२०७९ जेष्ठ २, सोमबार प्रकाशित 1 Minute 372 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।