२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

३ दिन अन्तर्राष्ट्रिय उडान बन्द हुने, यस्तो छ कारण !

काठमाडौं : वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी तीन दिन अन्तर्राष्ट्रिय उडान बन्द हुने भएको छ । बैशाख २७ गते (मंगलबार) राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट

हुने सबै उडान बन्द गर्न निर्वाचन आयोगले नेपाल सरकारलाई पत्र पठाउने निर्णय गरेको हो । निर्वाचन आयोगले स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित

वातावरणमा मतदान सम्पन्न गराउन हवाइ सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ । मतदानको दिन आन्तरिक रूपमा सञ्चालन हुने सबै प्रकारका यातायात सेवा बन्द गर्नसमेत सरकारलाई आग्रह गरेको छ ।

यस्तै, स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ मा उल्लेख भए बमोजिम मात्र मा-दक पदार्थ निषे-ध तथा बिक्री वितरण गर्न दिने भएको छ ।

वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मात्र माद’क पदार्थको बिक्री वितरण गर्न दिने र सेवनमा कडाइ गर्न पनि गृह मन्त्रालयलाई आयोगले पत्र पठाइसकेको छ ।

२०७९ बैशाख २३, शुक्रबार प्रकाशित 1 Minute 172 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार