
काठमाडौ : आकर्षक तलव सुविधामा वैदेशिक रोजगारका लागि माल्टा पठाउने आश्वासनमा १ सय २२ जना व्यक्तिबाट १ करोड ६४ लाख भन्दा बढी ठ-गि गरेको अभियोगमा इन्टरनेशनल
एक्पो एण्ड ट्राभल सर्भिस वि’रुद्द मु’द्दा दायर भएको छ ।
वैदेशिक रोजगार विभागले सो कन्सल्टेन्सीले वैदेशिक रोजगारमा श्रमिक पठाउने इजाजत नलिई गैरकानुनी काम गरेको अभियोग सहित वैदेशिक रोजगार न्यायाधिकरणमा मु-द्दा दायर गरेको हो ।
विभागका सूचना अधिकारी कृष्ण प्रसाद भुसालका अनुसार सो कन्सल्टेन्सीका सञ्चालक राधा सुबेदी सहितका व्यक्तिले माल्टामा रोजगारीमा पठाउने भन्दै प्रतिव्यक्ति २ लाख ३५ हजारसम्म रकम उठाएको देखिएको छ ।
विभागले सो अभियोगमा सुबेदी सहित ८ जना विरुद्द मुद्दा दायर गरेको हो । विभागले उनीहरुले १ करोड ६४ लाख ८ हजार ठ-गि गरेको र त्यसमा ८२ लाख ४ हजार हर्जना सहित २ करोड ४६ लाख १२ हजार मागदावी सहित मुद्दा दायर गरेको हो ।
वैदेशिक रोजगार सम्वन्धि ठगिका मुद्दाको अन्तिम किनारा लगाउने अधिकार वैदेशिक रोजगार ऐन, २०६४ ले वैदेशिक रोजगार न्यायाधिकरणलाई दिएको छ । विभागले अनुसन्धान गरी किनारा नलागेका मुद्दालाई न्यायाधिकरणमा दायर गर्ने गर्दछ ।