२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

चितवनमा सत्तारुढ गठबन्धनले आयोजना गरेको आम सभास्थल डुबान

बैशाख २२, काठमाण्डाै : गएरातिदेखिको वर्षाका कारण चितवनको भरतपुर बसपार्कमा पाँच दलीय गठबन्धनले आयोजना गरेको आमसभा स्थल डुबेको छ ।

रातभर परेको पानीले मञ्च जलमग्न भएको छ। आम सभास्थलमा सजाइएका झन्डा, ब्यानरहरु पनि डुबानमा परेका छन् । सत्तारुढ पाँच दलले चितवनको भरतपुर महानगरपालिकामा आज संयुक्त चुनावी सभा गर्दैछन् ।

तर सभास्थल जलमग्न भएपछि अन्याेल भएको छ ।
आमसभालाई सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । त्यसका लागि शीर्ष नेताहरु हिजो नै चितवन पुगिसकेका छन् । भरतपुरको हाकिम चोकमा रहेको बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका

सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायत नेताले सम्बोधन गर्ने छन् ।

भरतपुर महानगरमा सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा माओवादी केन्द्रकी रेनु दाहाल मेयरको उम्मेदवार हुनुहुन्छ । कांग्रेसका जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता नलिएपछि रेनु

दाहालको चुनावी यात्रा जटिल बनेको छ । दाहालको पक्षमा मत जुटाउन गठबन्धनका शीर्ष नेताहरु नै दौडधुपमा छन् । भरतपुरमा नेकपा एमालेले विजय सुवेदीलाई मेयरको उम्मेदवार बनाएको छ ।

२०७९ बैशाख २२, बिहीबार प्रकाशित 0 Minutes 211 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।