२०८० आश्विन १२ शुक्रबार
  • काठमाडौँ

अब यस्ता व्यक्तिहरु मात्र भिजिट भिसामा खाडी र मलेसिया जान पाउने !(सुचना सहित)

काठमाडौ : गृह मन्त्रालयले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाउने निर्णयमा संशोधन गरेको छ।
मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर सरकारी कामको

सिलसिलामा जानुपर्ने सरकारी प्रतिनिधि, अन्तर्राष्ट्रिय कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, अन्तर्राष्ट्रिय गैह्रसरकारी संस्थाका प्रतिनिधि भिजिट भिसामा जान सक्ने बताएको छ ।

यस्तै, नेपालमा सामान आयात निर्यात गर्ने व्यावसायिक संस्थाका प्रतिनिधि र खाडी राष्ट्रबाहेक अन्य दुई देशका पर्यटक भिसामा भ्रमण गरिसकेकाले पनि भिजिट भिसामा जान पाउनेछन् ।

थप समाचार : विश्व बैंकले नेपाललाई थप १५ करोड अमेरिकी डलर दिने भएको छ । नेपालको वित्तीय क्षेत्रको स्थायित्व सुदृढ गर्न, वित्तिय समधानको विविधिकरण गर्न र नेपालमा वित्तीय सेवामा पहँुच बढाउनका लागि विश्व बैंकले सो रकम ऋ-ण सहायता स्वरुप नेपालमा उपलब्ध गराउने सम्झौंता गरिएको हो ।

बुधबार सिंहदरवारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रमका बीच अर्थसचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले सो सम्झौंतामा हस्ताक्षर गरे ।

कोभिड महामारी, जलवायु परिवर्तनका जोखिमहरुको सम्बोधन गर्नुका साथै डिजिटल भुक्तानी र वित्तीय समावेशीकरणको आयोजनाहरुलाई सम्पन्न गराउन सो ऋ-ण सहायताले सहयोग पु¥याउने अर्थ सचिव मरासिनीले बताए ।

सम्झौता पत्रमा को-भिड १९ महामा-रीको परि-प्रेक्ष्यमा वित्तीय स्थायित्वका जोखिमहरुलाई सम्बोधन गर्न बैंकिङ क्षेत्रहरुको परिस्थिति परीवेक्षणलाई यो सहायताले सघाउने उल्लेख गरिएको छ । त्यसैगरी यसले पूँजी, बीमा र प्रकोप जो-खिम वित्तीय बजारहरु खोल्न र नविनतम वित्तिय सेवाहरुलाई प्रवद्र्धन गर्न पनि मद्दत गर्ने अर्थ सचिव मरासिनीले जानकारी दिए ।

निजी क्षेत्रको नेतृत्वमा हुन सक्ने बृद्धिलाई सहयोग पु¥याउने गरी वित्तीय क्षेत्रको कार्यशैली सुधार गर्न पनि यो ऋण सहायता उपयोगी हुने अर्थ मन्त्रालयले जनाएको छ ।

उता, माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि राष्ट्रिय निर्देशक जर्भोसले सबै वित्तिय बजारहरुमा विस्तारित जलवायु उत्थानशिलता एजेन्डाको सुरुवात गर्नुका साथै रुपान्तरणकारी वित्तीय क्षेत्र सुधारका कार्यक्रमहरुलाई सो ऋ-ण सहायताले सघाउने स्पष्ट पारे ।

२०७९ बैशाख २१, बुधबार प्रकाशित 1 Minute 188 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।