२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बेरूवा औंठी र आइफोनसहित दुई पक्राउ

काठमाडौ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित दुई जना पक्रा’उ परेका छन्। प्रहरीले आइतबार विमानस्थलको आगमन टनेल गेटबाट दुई जनालाई नियन्त्र’णमा

लिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। प’क्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका-३ का खिमराज डाँगी र दाङ तुल्सीपुर उपमहानगरपालिका-६ का प्रताप चौधरी छन्।

दुबईबाट हिमालयन एयरमा काठमाडौं आएका डाँगीबाट प्रहरीले
२ लाख ९० हजार बराबरको दुई वटा आइफोन बरा’मद गरेको थियो। त्यस्तै २ लाख १६ हजार २६२ रुपैयाँ बराबरको सुनको बेरूवा औंठी बरामद गरेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

उनका अनुसार चौधरी पनि दुबईबाट हिमालयन एयरबाट आइतबार काठमाडौं आएका थिए। उनीबाट २ लाख ९० हजार बराबरको दुई वटा आइफोन र २ लाख १६ हजार २६३ रुपैयाँ बराबरको बेरूवा औंठी बरा’मद गरेको थियो।

विमानस्थलको पार्किङ एरियामा निय’न्त्रणमा लिई सोधपुछ गर्दा उक्त सामान लुकाएर ल्याएको अवस्थामा प्रहरीले फेला पारेको हो। उनीहरूले भन्सार छलेर लैजान आँटेका थिए। पक्रा’उ परेका व्यक्तिमाथि थप अनु-सन्धान गर्न कार्यालयले त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाएको जनाएको छ।

सेतोपाटी मा खबर छ ।

२०७९ बैशाख १३, मंगलवार प्रकाशित 1 Minute 394 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।