२०७९ आश्विन १२ बुधबार
  • काठमाडौँ

अब विदेशबाट फर्किदा यी सामानमा ल्याउदा भन्सार लाग्ने !

बैशाख २, काठमाडौं : विदेशबाट घर फर्कँदै हुनुहुन्छ भने यो जानकारी तपाइको लागि महत्वपूर्ण हुनसक्छ । तपाईले विदेशबाट ल्याउने कतिपय सामानमा भन्सार शुल्क लाग्दैन ।

कोरो’ना संक्र-मण पछि हाल नेपाल सरकारले अन्तर्राष्ट्रिय सबै उडान खुल्ला गरिसकेको छ । यस्तो अवस्थामा एयरपोर्ट अध्यागमनको नयाँ नियम अनुसार के कस्ता सामानमा भन्सार लगाउने र के कस्ता सामान जफत हुने नयाँ अप्डेट आएको छ ।

जुन तपाइले जानी राखेको राम्रो हुनेछ । यदी भन्सार शुल्क बारे जानकारी नलिई सामानहरु ल्याउँदा वा तोकिएको परिमाण भन्दा बढी सामान ल्याउँदा जफत हुने तथा अनावश्यक शुल्कहरु बुझाउनुपर्ने हुनसक्छ । विदेशबाट फर्किनेले खासगरी मोबाइल, टिभी तथा अन्य विद्युतीय सामान, गरगहना र मदिरा ल्याउँदा निकै विचार पु¥र्याउनुपर्ने हुन्छ ।

यस्ता सामानहरु नेपालीहरुले बैदेशिक रोजगारीबाट फर्कंदा बढी ल्याउने सामानमा गनिन्छ त्यसैले पनि भन्सारमा यस्ता कुराहरुमा बढी ध्यान दिइन्छ । कतिपय सामानहरु ल्याउदा तोकिएको भन्सार कर तिर्नुपर्ने हुन्छ भने कतिपय सामानहरु सिधै जफत पनि हुनसक्छ ।

विदेशबाट आउनेले भन्सार तिर्न पर्ने नपर्ने बस्तुहरुको सम्वन्धमा भन्सार ऐन २०६४ को दफा ९ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी निजी गुण्टा, झिटी भारी सम्वन्धी व्यवस्था गरिएको छ ।

नेपालमा स्थानीय बसोबास गर्ने नागरिकले विदेशमा गई फर्कँदा व्यक्तिगत प्रयोजनका लागि ल्याउने सामानमा पूर्ण भन्सार छुट हुन्छ । जसमा लुगाफाटा, बरबिछ्यौनादेखि गृह’स्थीका पुराना सामान र औषधि उपचार गराई नेपाल फर्केका विरामीले ल्याउने औषधिमा कुनै भन्सार कर नलाग्ने भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै आफुले प्रयोग गरेको मोबाइल, ल्यापटप, क्यामेरा जस्ता सामानहरुमा पनि कुनै कर लाग्दैन । त्यस्तै विदेसिएकाले घडी, स्टिल क्यामरा, भिडियो क्यामरा, सेलुलर मोवाइल फोन, पेन ड्राइभ, ट्याबलेट वा ल्यापटप वा कम्प्युटर, टेलिभिजन, म्युजिक सिस्टम, रेफ्रिजेरेटर, वासिङ मेसिन, पंखा, रेडियो एक–एक सेटसम्म ल्याउन पाइनेछ ।

त्यस्तै शारीरिक रुपमा अशक्त व्यक्ति हुनुहुन्छ भने आफ्नो प्रयोग गर्ने सामान, बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान ल्याउन पाउछन् । त्यस्तै सुनको गहना पचास ग्रामसम्म, चाँदीको गहना पाँचसय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहरात जडित साथमा ल्याएको गहना गुरियामा भन्सार छुट रहेको छ ।

तोकिएभन्दा बढी ल्याएमा ऐनअनुसार का’रबाही तथा जरि’वाना हुने कार्यालयले जनाएको छ । त्यस्तै एक लिटरसम्मको मदिरा बोत्तलमा भन्सार शुल्क लाग्दैन । त्योभन्दा बढी परिमाण ल्याए जफत हुन सक्छ ।

त्यस्तै पेशागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरु एक–एक थानमा पूर्ण भन्सार छुट हुन्छ । डाक्टरका लागि ब्लड प्रेसर नाप्ने सामान्य यन्त्र, स्टेथेस्कोप, खेलाडीको खेलकुद सम्बन्धी सामान फुटबल, भलिबल, ब्याटमिन्टन सेट, गवैयाको सामान्य बाजा जस्तै– गितार, हार्मोनियम, तबला, जस्ता सामानहरु पनि पूर्ण भन्सार छुटमा ल्याउन सकिन्छ ।

त्यस्तै विदेशबाट फर्किएकाहरुले शरीरमा लगाउने लुगाफाटा, जुत्ता, कस्मेटिक लगायतका सामान पन्ध्र थान, घरायसी प्रयोगका सामान्य किसिममा उपकरण मिक्सर, जुसर, सिलाई मेसिन, ग्यास टेबुल इस्त्री (आइरन), राइसकुकर लगायतका दुई थान सामानमा पूर्ण भन्सार छुट हुनेछ । उल्लेखित सामान बाहेक नितान्त घर व्यवहारमा आवश्यक पर्ने सामान बढीमा दुई–दुई थान सम्ममा महसुल पूर्ण छुट हुनेछ।

त्यस्तै १० किलोग्रामसम्म खाद्य परिकार पनि ल्याउन सकिन्छ । सरकारले दिएको सुविधाभन्दा बढी सामान ल्याउँदा भने तोके बमोजिमको महसुल तिर्नुपर्ने हुन्छ । तर कुनै यात्रुले भन्सारमा घोषणा नगरी कुनै सामान लुकाई छिपाई ल्याउने वा लैजाने प्रयत्न गरेमा त्यस्तो सामान जफत गरी प्रचलित कानुन बमोजिम कारबाही हुने कार्यालयले जानकारी दिएको छ।

कार्यालयका अनुसार यी सामानमा यात्रुको अवस्था, परिवार संख्या, बसेको मुलुक र समयावधि समेतलाई ध्यानमा राखेर भन्सार कार्यालयका प्रमुखले औचित्य हेरी स्वीकृति पनि दिन सक्ने छन् ।

त्यस्तै मलेसिया तथा खाडी मुलुकको हकमा एक वर्ष भन्दा बढी काम गरी नेपाल फर्केका कामदारलाई भने ३२ इन्च भन्दा कम इन्चको एलइडीमा भन्सार महसुल नलाग्ने कार्यालयले जनाएको छ। यो नियम नेपाल सरकारबाट श्रम स्वीकृत लिएर गएका कामदारको हकमा मात्र लागू हुने छ। विदेश गएको समय र आउँदाको समय हेरेर अवधि मूल्याङ्कन गर्ने गरिन्छ।

२०७९ बैशाख २, शुक्रबार प्रकाशित 1 Minute 392 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार