
चैत ३०, काठमाडौं : आगामी ९ वैशाख २०७९ देखि नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले साउदी अरेबियामा नियमित उडान सुरु गर्ने भएको छ ।
पहिलो पटक राष्ट्रिय ध्वजाबाहक विमानले साउदी रियादमा नियमित उडान गर्न लागेको हो । निगमले व्यवसायिक योजना अनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा नियमित उडान सुरु गर्न लागेको हो ।
यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरेपनि अनुमति पाएको थिएन । नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सलाई उडान अनुमति दिइसकेको छ । साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्न सक्ने गरी अनुमति पाएको थियो ।
यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो । अब निगमको पनि नियमित उडान भएपछि यो रूटमा भाडा सस्तिने अनुमानमा छ ।