२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

रेमिट्यान्स पठाउने नेपालीलाई सरकारले यी अफर दिने, श्रम मन्त्रि श्रेष्ठले गरे १० प्रस्ताव

चैत ३०, काठमाडौँ : वैदेशिक मुद्राको संचिति बढाउने उपाय खोजिरहेको नेपाल सरकारले रेमिट्यान्स बढाउन विदेशमा बस्ने नेपालीलाई सेवा र सुविधा दिने गरेर प्रस्ताव तयार गरिरहेको छ।

अर्थमन्त्रालयमा भएको एक उच्च स्तरीय छलफलमा भाग लिदै रेमिट्यान्स बढाउँन श्रममन्त्री किसान श्रेष्ठले एक दर्जन प्रस्ताव पेश गरेका छन्। छलफलमा रेमिट्यान्स बढाउँन के गर्न सकिन्छ भन्ने बारे बहस भएको थियो।

अर्थमन्त्री जनार्दन शर्मा, श्रम मन्त्रि श्रेष्ठ , योजना आयोगका अधिकारि , प्रधानमन्त्री कार्यालयका सचिव आदिको उपस्थिति रहेको छलफलले निकट भविष्यमै मन्त्रि परिषदमा रेमिट्यान्स पठाउने नेपालिलाई सहुलियत दिनुपर्ने प्रस्ताव लानुपर्नेमा जोड दीइएको थियो।

श्रम मन्त्रि श्रेष्ठले रेमिट्यान्स बढाउन यस्तो प्रस्ताव पेश गरेका छन् ।

१. वैदेशिक रोजगारीमा गएका श्रमिकलाई राज्यले सम्मानजनक व्यवहार गर्नुपर्ने

२. विदेशबाट पैसा पठाउदा लाग्ने सेवा शुल्क हटाउनुपर्ने

३. विदेशका प्रमुख शहरमा नेपाली बैंक स्थापना गर्नुपर्ने

४. विदेशबाट सोझै नेपालको खातामा जम्मा हुने रकममा दुई प्रतिशतसम्म बढी ब्याजदर दिनुपर्ने

५. औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरे नेपाल आउँदा ल्याउन पाउने सामान टिभि, गरगहनालगायतमा सहुलियत दिने

६. औपचारिक माध्यमबाट नेपालमा पैसा पठाइरहेको प्रमाण पेस गरेमा पुनः श्रम स्वीकृति लिदा वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम दाखिला गर्नु नपर्ने

७. वार्षिक रुपमा सवैभन्दा धेरै विप्रेषण पठाउनेमध्येलाई राष्ट्रिय सम्मान गर्ने

८. औपचारिक माध्यमबाट नेपालमा रेमिट्यान्स पठाउनेलाई राज्यबाट सेवा शुल्क लिएर प्रदान गरिने सेवामा ५० प्रतिशत सहुलियत दिने

९. नेपाल फर्केर उद्यम गर्नेलाई विदेशमा हुँदा पठाएको रकम बराबर नै रकम निश्चित समयका लागि विना ब्याज उपलब्ध गराउने

१०. वैदेशिक रोजगारीमा जाने श्रमिकको बैंक खाता अनिवार्य गर्ने आदि।

२०७८ चैत्र ३०, बुधबार प्रकाशित 0 Minutes 558 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।