२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

रेणु दाहालको निर्वाचन क्षेत्रमा किन फेरीए निर्बाचन अधिकृत ?

चैत २९, चितवन : चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन अधिकृत हेरफेर भएको छ । पालिकाको चुनाव नजिकिएका बेला भरतपुर महानगरपालिकामा मुख्य निर्वाचन

अधिकृत जिल्ला न्यायाधीश हेमन्त रावललाई हटाएर अर्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत तोकिएको छ । अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुनुहुन्छ ।

उहाँभन्दा अगाडि केशवप्रसाद अधिकारी र गायत्रीप्रसाद रेग्मी जिल्ला न्यायाधीश हुनुहुन्छ । आयोगको चैत २८ गते बसेको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको आयोगले सूचनामार्फत जानकारी दिएको छ । तर हेरफेर गरिनुको कारण भने सूचनामा खुलाइएको छैन ।

राष्ट्रपति भण्डारीद्वारा निर्वाचनका लागि सेना परिचालन गर्न स्वीकृति

थप समाचार – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न स्वीकृति प्रदान गरेकी छन् ।

उनले राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयानुसार नेपालको संविधानको धारा ६६ को उपधारा (२)बमोजिम सेना परिचालन गर्न आज स्वीकृति प्रदान गरेकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८’ मा व्यवस्था

भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालनको लागि यही चैत १७ गते सिफारिस गरेको थियो । साथै मन्त्रिपरिषद्को यही २४ गतेको बैठकले पनि सो सम्बन्धमा निर्णय गरेको थियो ।

२०७८ चैत्र २९, मंगलवार प्रकाशित 1 Minute 257 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।