
चैत २९, झापा : शिक्षक र कर्मचारीले दुई महिनादेखि तलब नपाएपछि झापाको एक सामुदायिक विद्यालयमा ता-लाबन्दी गरिएको छ । बिर्तामोड नगरपालिका–१० को विराट आधारभूत विद्यालयमा शिक्षक र कर्मचारीले ताला-बन्दी गरेका हुन् ।
दुई महिनादेखि तलब नपाएपछि विद्यालयको प्रशासन कक्षमा आज (सोमबार) तालाबन्दी गरिएको हो । प्रधानाध्यापक बद्री बाँस्कोटाले दुई वर्षदेखि विद्यालयको आन्तरिक लेखा र सामाजिक परीक्षण प्रतिवेदन नबुझाउँदा विद्यालयमा समस्या उत्पन्न भएको हो ।
विद्यालयमा कार्यरत तीन आया (बालबालिकाको रेखदेख गर्ने व्यक्ति)ले माघदेखि र १९ शिक्षक–कर्मचारीले फागुनदेखि तलब नपाएपछि विद्यालयको प्रशासन कक्षमा ता-लाबन्दी गर्नुपरेको शिक्षक रङ्गलाल न्यौपानेले बताए ।
अघिल्ल्लो महिनाको १५ गते नै प्रधानाध्यापकलाई लेखा र सामाजिक परीक्षणको प्रतिवेदन बुझाउन भने पनि नबुझाएको र नगर शिक्षाले सोधेको स्पष्टी-करणको जबाफ नदिएपछि तलब रोक्का गर्नुपरेको बिर्तामोड नगर शिक्षा शाखाका कर्मचारी तिलचन भण्डारीले बताए ।
भण्डारीले विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले समयमै प्रतिवेदन बुझाउने लिखित प्रतिबद्धता जनाए तलब निकासा गर्न सकिने जनाए । आवासीय सुविधासहितको सोविद्यालयमा तीन सय विद्यार्थी अध्यनरत छन् । शारीरिक अपा-ङ्गता भएका विद्यार्थी आवासीय रूपमा पढ्दै छन् ।
बिरामी भएको भन्दै प्रधानाध्यापक बाँस्कोटा चैत १६ देखि बिदामा बसेका छन् । उनले शिक्षक, कर्मचारीको तलब निकासा गर्न र तालाबन्दी खोल्न पहल भइरहेको बताए । उनले आफू बिरामी भएकाले नगर शिक्षा शाखामा समयमा प्रतिवेदन बुझाउन नसकेको स्पष्टी-करण दिए ।
तर,विद्यालयले २०७६ ÷०७७ र २०७७÷ ०७८ को लेखा परीक्षण रिपोर्ट तयार नै गरेको छैन । प्रअ बाँस्कोटाको संलग्नतामा विद्यालयमा व्यापक अनिय-मितता भएको अभिभावकले दाबी गरेका छन् । तलब नपाएपछि
शिक्षक,कर्मचारीले विद्यालय व्यवस्थापन समिति, पिटिए, वडा कार्यालय, जिल्ला प्रशासन कार्यालय, नगरपालिका, शिक्षा विकास तथा समन्वय इकाईलाई जानकारी गराइका थिए । लिखित जानकारी गराउँदा पनि तलब नपाएपछि विद्यालय प्रशासनमा तालाबन्दी गर्नुपरेको शिक्षक न्यौपानेको भनाइ छ ।
तलब नपाए विद्यालयमा नै ताला-बन्दी गरिने र वैशाख ४ देखि हुने परीक्षासमेत रोक्ने चेता-वनी शिक्षक–कर्मचारीले दिएका छन् । प्रधानाध्यापक बाँस्कोटाले अनियमितता गरेको आवाज उठेपछि छानविनका लागि यसअघि नै समिति गठन भएपनि समितिले अहिलेसम्म प्रतिवेदन नबुझाएको छैन । यसका कारण समस्या थप जटिल बनेको छ ।