२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

वैदेशिक रोजगारमा जानेले एनआइसी एशिया बैंकको खाता खोल्दा ८४ लाखसम्म बिमा सुविधा !

चैत २९, काठमाडौ : एनआइसी एशिया बैंकले सर्वश्रेष्ठ रेमिटेन्स बचत खाता ल्याएको छ। यो खातामा आकर्षक सुविधा रहेको बैंकले बताएको छ।

खास गरी वैदेशिक रोजगारीमा गएका नेपालीले यो खाताबाट आफूले कमाएको पैसा बचत गरेर धेरै फाइदा लिन सक्छन्। उनीहरुका लागि बैंकले आकर्षक बिमा सुविधा ल्याएको छ।
खाता खोलेवापत ८४ लाख रुपैयाँसम्मको बिमा पाइन्छ।

यसमा विदेशमा रहेको खातावालाले मात्र होइन, घरमा बसेका आफ्ना सदस्यले पनि बिमा सुविधा पाउँछन्। यो खातामा सर्वाधिक उच्च ब्याजदर दिने बैंकले जनाएको छ। नेपालको बैंकिङ क्षेत्रमा अहिलेसम्म यस किसिमका रेमिटेन्स बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशनकुमार न्यौपाने बताउँछन्।

हामीले विदेशबाट आएको रेमिटेन्सको उचित मूल्य दिनुपर्छ भनेर यस रेमिटेन्स बचत खाता ल्याएका हौँ न्यौपानेले भने, ‘विदेशमा रहनु भएका दाजुभाइ, दिदीबहिनीहरुले यो खाता खोलेर आफ्नो रकम सुरक्षित राख्ने मात्र होइन लाखौँको थप फाइदा लिन सक्नुहुन्छ।’

यो खाता विदेशमा बसेका नेपालीहरु र उनीहरुका परिवारले खोल्न सक्छन्। यसमा गुडविल एम्बेसडर, प्राइड र पार्टनर गरेर तीन किसिमका खाता उपलब्ध छन्। आफ्नो आवश्यकताअनुसार कुनै पनि खाता खोल्न सकिन्छ। बैंकले यी खाता फरक फरक न्यूनतम मौज्दातमा खोल्न सक्ने सुविधा उपलब्ध गराएको छ।

गुडविल एम्बेसडर खाताका लागि २० हजार रुपैयाँ न्यूनतम मौज्दात तोकिएको छ। त्यस्तै, प्राइड खाताको लागि १० हजार रुपैयाँ र पार्टनर खाताको लागि पाँच हजार रुपैयाँ न्यूनतम मौज्दात तोकिएको छ। यी सबै खातामा ग्राहकले वार्षिक ९.०३ प्रतिशत ब्याजदर पाउने बैंकले बताएको छ।

गुडविल एम्बेसडर खोल्ने ग्राहकले ८४ लाख रुपैयाँ बराबरको बिमा फाइदा पाउनेछन्। गुडविल एम्बेसडर रेमिटेन्स बचत खाता खोल्ने ग्राहकले ४० लाखको दु-र्घ’टना बीमा, ४० लाखको घातक रोग बिमा र ४ लाखको औषधि उपचार बिमा पाउने छन्। औषधि उपचार बिमामध्ये अस्पताल भर्ना हुने बिरामीले तीन लाख २० हजार रुपैयाँ र ओपी’डी उपचारको लागि ८० हजार रुपैयाँसम्म पाउने छन्।

यस खाताको अर्को महत्वपूर्ण फाइदा भनेको खातावालाले तोकेकोे अन्य तीन जनाले पनि बिमा सुविधा पाउनेछन् । यो सुविधा पाँच वर्षसम्म पाइन्छ। त्यस्तै, प्राइड रेमिटेन्स बचत खाता खोल्ने ग्राहकले ४२ लाख रुपैयाँको बिमा प्राप्त गर्नेछन्। यसमा दुर्घ-टना बिमाको लागि २० लाख रुपैयाँ र घा’तक रोग बिमा २० लाख रुपैयाँको रहेको छ।

यसमा औषधि उपचारको लागि दुई लाख रुपैयाँ उपलब्ध गराइएको छ। औषधि उपचार बिमाको दुई लाखमध्ये अस्पताल भर्ना भएको अवस्थामा एक लाख ६० हजार रुपैयाँ र ओपिडीका लागि ४० हजार रुपैयाँ उपलब्ध हुनेछ। यस खाता खोल्ने ग्राहकले आफूले तोकेको अर्को एक जनाले पनि यो सुविधा पाउनेछन्। याे सुविधा ५ वर्षका लागि उपलब्ध हुनेछ।

पार्टनर रेमिटेन्स बचत खाता खोल्ने ग्राहकले २१ लाख रुपैयाँ बराबरको बिमा सुविधा पाउनेछन्। जसमा दु-र्घ’टना बिमा १० लाख, घा-तक रोग बिमा १० लाख र औषधि उपचार बिमा एक लाख छुट्याइएको छ। औषधि उपचारको एक लाख मध्ये ओपि’ डी उपचारको लागि २० हजार रुपैयाँ र अस्पताल भर्ना भएको खण्डमा ८० हजार रुपैयाँ प्राप्त गर्नेछन् । पाँच वर्षसम्म उपलब्ध हुने यो सुविधा भने खातावालाले मात्र प्रयोग गर्न पाउनेछन्।

खाता खोल्ने ग्राहकले आफ्ना खातामा रहेको औसत रकमको १० गुना बढीसम्म कर्जा पाउनेछन्। यो सुविधा गुडविल एम्बेसडर, प्राइड र पार्टनर तीनै खातामा उपलब्ध छ। यस्तो कर्जा सीमामा आधार दरमा लाग्ने प्रिमियम शुल्क एक प्रतिशत र कर्जा प्रशासनिक शुल्क ०.२५ प्रतिशत रहेको छ। रेमिटेन्स बचत खाता खोल्ने ग्राहकले बैंकले उपलब्ध गराउने हरेक डिजिटल र ट्रान्जेक्सन बैकिङका निःशुल्क र सहुलियत फाइदाहरु प्राप्त गर्नेछन्। सेतो पाटी

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।