२०७९ जेष्ठ ८ आईतवार
  • काठमाडौँ

मौद्रिक सञ्चिति कायम राख्न नोटबन्दी सम्मको निर्णय – हजार र पाँच सयका नोटमा बन्देज हुनसक्ने !

चैत २८, काठमाडौ : विदेशी मुद्रा सञ्चिति घटेको खबर आउन थालेपछि सरकारले विलासिताका वस्तुको आयातमा कडाइ गर्न थालेको छ ।नेपाल राष्ट्र बैंकका अनुसार हाल मुलुकमा ९ अर्ब ७५ करोड अमेरिकी डलर सञ्चिति रहेको छ ।

जुन ६ देखि ७ महिनाका लागि अत्यावश्यक वस्तु आयात गर्न पर्याप्त हो । नेपालको पछिल्लो मौद्रिक नीतिले कम्तीमा सात महिनाको आयात धान्न सकिने उल्लेख गरेको छ । अहिले नेपाल सरकारले विदेशी मुद्रा देश बाहिर जान नदिने नीति अवलम्बन गरिरहेको छ ।

तर, मौद्रिक सञ्चिति कायम राख्न आयात र विदेशी मुद्रा आर्जनमा कडाई गर्नुपर्ने सुझाव केही विज्ञले दिएका छन् ।
अर्कोतर्फ नेपालले अन्य मुलुकबाट सामान किन्न डलरमा तिर्नु पर्ने भएकाले आयात खर्च बढेकाले अहिलेको समस्या आएको नेपाल राष्ट्र बैंकले जानकारी दियो ।

नेपाल राष्ट्र बैंकका अनुसार देशको विदेशी मुद्रा सञ्चितिको प्रमुख स्रोत भनेको रेमिट्यान्स हो ।नेपालको जीडीपीमा यसको योगदान २२ प्रतिशत रहेको छ।

केन्द्रीय बैंकका प्रवक्ता गुणाकर भट्टले बीबीसी नेपाली सेवालाई कोभिड महामारीका बावजुद गत वर्ष रेमिट्यान्स आप्रवाह राम्रो भएको बताए । नेपालको लागि विदेशी मुद्राको अर्को प्रमुख स्रोत भनेको पर्यटन हो ।नेपाल आउने विदेशीहरूले डलर वा अन्य विदेशी मुद्रा खर्च गर्छन्।

तर को-भि’ड महामारीका कारण पर्यटन क्षेत्र प्रभावित भएसँगै विदेशी मुद्रा सञ्चितिमा पनि असर पर्यो ।नेपालले अन्य देशबाट सामान किन्दा डलरमा तिर्नुपर्छ । यसकारण वर्तमान सरकारले विलासिताका सामानको आयातमा कडाइ गर्ने नीति अपनाएको देखिन्छ ।

मौद्रिक सञ्चिति कायम राख्न नोटबन्दी सम्मको निर्णय जरुरी रहेको विज्ञहरुको भनाई छ । विलासिता रोक्न हजार र पाँच सयका नोटहरुमा बन्देज लगाउन सकिने सुझाव आएको छ ।सुझाव अनुसार विलासिता रोक्न सरकारले अर्को नयाँ नियम ल्याउन सक्नेछ ।

हजार र ५ सयका नोटलाई चलन–चल्तीबाट रोकावट ल्याएर खर्च नियन्त्रण गर्ने सरकारले नीति ल्याउन सक्छ । नेपाली एक हजार र पाँच सयका नोट किनमेल, खरिदबिक्रि वा उपभोग गर्ने ठाउँमा नचल्ने बनाउँन सक्ने निर्णय आउन सक्ने एक अधिकारीले बताए ।

त्यो भन्दा अघि नै उक्त नोटहरु भएका मानिसले बैकमा लगेर राखिसक्नुपर्ने निश्चित समय तोक्नेछ ।त्यो समयमा बैकमा नबुझाएमा पैसा कागज समान हुने नीति अख्तियार गर्न सकिन्छ स्रोतले भन्यो । भारतलेपनि केही बर्ष अघि नोटबन्दीको निर्णय लिएको थियो ।

नेपालमा आयात हुने बस्तु धेरै जसो विलासिताका रहेका छन् । विलासिता घट्यो भने आयात घट्छ । आयात घटेमा मौद्रिक सञ्चिति कायम राख्न सकिनेछ । यसैलेपनि नोटबन्दीको निर्णय उपयुक्त हुनेछ । योसँगै गलत गरेर आर्जन गरेको धनपनि राष्ट्रिय ढुकुटीमा जम्मा हुनेछ । समग्र अर्थतन्त्र चलायमान हुनेछ ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 1 Minute 381 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार