२०८० जेष्ठ २५ बिहीबार
  • काठमाडौँ

रेमिट्यान्स पठाउनेलाई आइपिओमा कोटा छुट्याउने तयारी !

चैत २८, काठमाडौ : सरकारले विदेशबाट रेमिट्यान्स पठाउनेलाई शेयरको सार्वजनिक निष्काशनमा आरक्षण दिने तयारी गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स पठाउनेलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै

छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएको बताएका हुन् । दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने भएकोले रेमिट्यान्स बढाउनका लागि

विभिन्न प्याकेज ल्याउन लागेका बताएका हुन्। त्यस मध्ये आईपिओमा आरक्षण दिने विषयमा गृहकार्य भईरहेको उनले बताए । यस अघि पनि वैधानिक विधिबाट रेमिटेन्स पठाउन प्रोत्साहन गर्नको लागि श्रमिकलाई आईपिओमा कोटा छुट्याउने पर्ने माग उठ्दै आएको थियो ।

बैठकमा अर्थमन्त्री शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन र नेपाल घुम्न जानुपर्ने बिषयमा प्रवद्र्धनात्मक कार्यक्रम गरी बिदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिन बिदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका छन् ।

दुई दर्जन भन्दा बढी राजदुत, कार्यबाहक राजदुत, महाबाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरुसँग आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले बिदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेकाले सबै पक्ष मिलेर काम गर्नुपर्ने बताए ।

‘हामीलाई यतिबेला बिदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईहरुले विशेष भूमिका खेल्नुपर्छ’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभीड १९ बाट तंग्रिसकेको सन्देश दिदै पर्यटन प्रवद्र्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरे पर्यटक नेपाल आउने बाताबरण सृजना गर्नुस् ।’

चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिदैं यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए। त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरु आयोजना गरी नेपालमा बिदेशी लगानी बढाउने बातावरण सृजना गर्नुपर्ने पनि बताए ।

‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौं’ उनले भने, ‘गैरआवासिय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’त्यस्तै कुन देशमा कस्तो बस्तुको माग रहेको र

नेपालमा त्यसको उत्पादन हुन सक्ने भए सुझाव दिन पनि उनले आग्रह गरे । ‘हामी उत्पादन वृद्धि गरी निर्यात बढाउन खोजिरहेका छौं । यसका लागि कुन देशमा के बस्तुको माग छ भन्न्ने कुरा तपाईहरुले सुझाव दिनुस् ।

त्यसपछि सोहीअनुसारको बस्तु निर्यात गर्नका लागि यहाँ तयारी गरिनेछ’ अर्थमन्त्री शर्माले भने । अर्थ सचिव मधुकुमार मरासिनीले अर्थतन्त्र दबाबमा रहेको र यसलाई बिस्तारै सुधार गर्ने दिशामा सरकार अघि बढेको बताएका थिए । कार्यक्रममा कायममुकायम गर्भनर निलम ढुङ्गाना तिम्सिनाले अर्थतन्त्र दबाबमा भएकाले सबै मिलेर सुधार गर्नुपर्ने खाँचो रहेको औंल्याईन् ।

२०७८ चैत्र २८, सोमबार प्रकाशित 0 Minutes 261 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।