२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

राप्रपाद्वारा झापाको दमकमा आयोजित आमसभामा ओर्लियो अथाह मानव सागर !

चैत २६, झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (रा.प्र.पा)ले आज झापाको दमकमा गरेको आमसभाले बिशाल शक्ति प्रदर्शन गरेको छ । स्थानीय चुनाव नजिकिँरहेको बेला चुनावलाई लक्षित गरे देशव्यापी रुपमा सभा आमसभा गरिरहेको रहेको

राप्रपाको आज दमकको आमसभामा आट्टी नअट्टी मनिसहरुको घुइँचो देख्न सकिन्थ्यो । “देशमा राजसंस्था सहितको हिन्दुराज्य हुनुपर्छ र संघीयता खारेजी हुनुपर्छ भन्ने पार्टीको सिद्धान्त बोकेको राप्रपाले पछिल्लो समयमा व्यापक रुपमा

जनताको माया र साथ पाइरहेको छ । देशभरिबाट राप्रपाको जनलहर चलिरहेको अबस्थामा दमकमा पनि हजारौं संख्यामा भएको जनताको त्यो उपस्थितिले अन्य पार्टी तथा दलहरु डगमगाएनन् भन्न सकिँदैन । झापाको दमक पुर्ब प्रधानमन्त्री के.पी. शर्मा ओलीको पनि निर्वाचन क्षेत्र रहेको हुदा

राप्रपाको आजको कार्यक्रम अनि कार्यक्रममा उर्लिएको जनसागर लाई अर्थपूर्ण ढंगले हेरिएको छ । कार्यक्रम लाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भन्नुभयो ” देशलाई आर्थिक रुपमा टाट पल्टाउनेहरुसंग अब राप्रपाले हिसाब किताब गर्नेछ ।

कार्यक्रममा बोल्दै अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा रहेको विकृति, विसंगति र भ्र-ष्टाचार बि-रुद्ध देशभरिबाट अब राप्रपा जगिसकेको अबगत गराउदै यस्मा जनताको पाइरहेको साथप्रती कृतज्ञता व्यक्त गर्नुभयो ।

कार्यक्रममा अध्यक्ष लिङ्देनले छोरीको उदाहरण दिदै एउटी छोरी नालायकको हातमा परे उस्ले मात्र दुख पाँउने तर चुनाबमा गलत मान्छे छनोट गरेमा सिङ्गो राष्ट्रले नै दुख पाउने भन्दै हुन गइरहेको चुनाबमा लायक ब्यक्तिलाई मात्र भोट दिन

आग्रह गरे र हालको अबस्थामा राज्यलाई समृद्धि तर्फ अधि सार्ने राप्रपा नै भएकोे भन्दै सम्पूर्ण नेपालीहरुलाई राप्रपामा एकीकृत हुन आह्वान समेत गर्नुभयो । आज कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि हजारौंको संख्यामा राप्रपामा प्रवेश गर्नेको लहर चलेको देखिन्थ्यो भने, सभालाई राप्रपाका अध्यक्ष

राजेन्द्र लिङ्देन, नेताहरु ज्ञानेन्द्र शाही, रेखा थापा, भक्ति सिटौला लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, केन्द्रीय सदस्य लक्ष्मीप्रसाद संग्रौला लगायतको उपस्थित रहेको थियो । प्रदेश नम्बर एकका अध्यक्ष राम थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन अम्बर बिष्टले गर्नुभएको थियो । – बिनिता तिम्सिना

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 217 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।