२०८० आश्विन ५ शुक्रबार
  • काठमाडौँ

बुद्ध एयरको जहाजभित्र यात्रुले चुरोट सल्का-एपछि…

चैत २६, झापा : भद्रपुर उडानमा जहाजभित्रै चुरोट सल्काउने एक युवकलाई पक्राउ गरिएको छ। काठमाडौंबाट शुक्रबार साँझ भद्रपुर गएको एउटा जहाजमा उडानकै

क्रममा यात्रुले चुरोट सल्काएको पाएपछि प-क्राउ गरिएको हो।
चुरोट सल्काउने क्रममा लाइटर खसेर पाइन्टमा आगोको झिल्कोले भेटेपछि उनले चुरोट सल्काएको थाहा भएको थियो।

विमान अवतरण लगत्तै ती यात्रुलाई पक्राउ गरेर अनु-सन्धान भइरहेको सुरक्षा अधिकारीहरुले बताएका छन्। भद्रपुर विमानस्थलले घट-नाको पुष्टि गरेको छ। विमानस्थल प्रमुख मुराहरि पौडेलका अनुसार बुद्ध एयरको नाइन एन–एएनएफ

कलसाइन ९५७ उडानमा सवार यात्रुलाई प-क्राउ गरिएको हो।
उनीसँगै सवार दुई जना साथीले त्रिभुवन विमानस्थलको स्मोकिङ जोनमा प्रयोग गरिएको लाइटर भूलवस जहाजमा लिएर पुगेको सुरक्षा अधिकारीलाई बताएका छन्। हवाई यातायात सेवा लिने क्रममा सलाइ, लाइटर लगायतका वस्तु बोक्न पाइदैन।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 1 Minute 513 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।