२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

नायक भुवन केसी काठमाडौंको मेयर नउठ्ने, कारण यस्तो !

काठमाडौ : अभिनेता भुवन केसी काठमाडौं महानगरपालिकाको मेयर पदमा नउठ्ने भएका छन्। ०७९ वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा केसीलाई काठमाडौं महानगरको मेयर

उठाउने उन्नत लोकतन्त्र पार्टीले निर्णय गरेको थियो ।
तर केसीले भने मेयर पदमा उम्मेदवार बन्नका लागि असमर्थ रहेको बताएका छन् । शनिबार सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै केसीले सो कुरा बताएका हुन् ।

केसीले आफू हालका दिनसम्म कुनै पनि पार्टीमा नरहेको पनि बताएका छन् । साथै मेयर बन्ने विषयमा ठोस निर्णय नभएको उनको जिकिर छ । उनले भने, ‘स्थानीय निर्वाचनको संघारमा धेरै पार्टीसँग छलफल भएको र धेरैले आफूलाई आफ्नो

पार्टीमा आउन आमन्त्रण गरेको सन्दर्भमा मैले उन्नत लोकतान्त्रिक पार्टीसँग छलफलमा बसेको तर कुनै ठोस निर्णय नभएको पनि यहाँहरूमा अवगत गराउन चाहन्छु ।’

२०७० सालको निर्वाचनमा एमालेले भुवन केसीलाई काठमाडौं क्षेत्र नम्बर १ बाट उठाउने निर्णय गरेको थियो । तर, उनलाई टिकट दिएको भन्दै पार्टीभित्र विरोध भएपछि २४ घन्टामै उनको टिकट खोसियो ।

यसपछि एमालेसँग टाढा बनेका उनी केही दिनयता राप्रपामा प्रवेश गर्न लागेको चर्चा चलेको थियो । तर, अब उनले स्वागत नेपालको पार्टीबाट राजनीतिक यात्रा सुरु गर्ने भएका छन् ।

२०७८ चैत्र २६, शनिबार प्रकाशित 0 Minutes 253 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।