२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

पल शाहको यस्तो छ पछिलो तस्बिर, थुनामा राख्ने आदेश पछी राति ९ बजे तनहुँ लगियो !

चैत २३, पूर्वीनवलपरासी : किशोरी ब ला त्का र को अभियोगमा मुद्दा खेपिरहेका अभिनेता पल शाहलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

मुद्दाको किनारा लगाउने समयसम्म थुनामा राखेर अनु-सन्धान गर्ने आदेश दिएको हो । न्यायाधीश अर्जुन अधिकारीको इजलासबाट बुधबार शाहलाई तनहुँमै थु’नामा राख्न आदेश दिएको हो । शाहलाई बुधबार नै तनहुँ पठाइएको छ ।

तनहुबाट आएको सुरक्षाकर्मीको टोलीले बुधबार राति ९ बजे शाहलाई तनहुँ लगेको छ ।वैशाख ७ गते पुनः जिल्ला अदालत पूर्वी नवलपरासीमा हाजिर हुन भनिएको छ । त्यस्तै अर्का मुद्दामा तनहुँ अदालतको फैसलाअनुसार पुर्पक्षका लागि शाह थुनामा रहेका छन् ।

किशोरीको उमेर मुद्दा दर्ता गराउँदा १५ वर्ष ८ महिना ४ थियो । १४ देखि १६ वर्षकी किशोरीलाई ब ला त्का र को अभियोग पुष्टि भए १२ देखि १४ वर्ष कै’द सजाय हुने कानुनी व्यवस्था छ ।

पी’डित भनिएकी किशोरीले ४ लाख नगद र अन्य क्षतिपूर्ति पाउनुपर्ने माग गरेकी छन् । अधिवक्ता गणेश अधिकारीले पी’डित भनिएकी किशोरीबाट दिइएको उजु-री झु’ठो र फसाउने नियतले आएको देखिन्छ भनेका थिए । उनीलगायत ९ जना अधिवक्ताले शाहको पक्षबाट बहस गरेका थिए ।

सबै अधिवक्ताले शाहलाई काल्पनिक मुद्दा लगाएर फसाउने ष’ड्यन्त्र भएको दाबी गरेका थिए । शाह विरु’द्धको अभियोगमा सबै प्रमाण जुटाउन र मुद्दाको किनारा लगाउन कम्तीमा एक वर्ष समय लाग्ने अधिवक्ताको भनाइ छ ।यता पी’डित किशोरीको पक्षबाट बहस गरेका ३ जना

सरकारी वकिल र २ अघिवक्ताले शाहले ब ला त्का र गरेको यथेस्ट प्रमाण भएको दा’बी गर्दै किशोरीको मागबमोजिम १२ देखि १४ वर्ष कै’द सजायको मा’गदाबी गरेका थिए । तीन जना सरकारी वकिलले शाहलाई ह’दैसम्मको स’जाय हुन पर्ने माग गरेका छन् ।

जिल्ला अदालत पूर्वी नवलपरासीमा बुधबार पी’डित किशोरीका तर्फवाट ३ जना सरकारी वकिलले बहस गरेका छन् । सरकारी वकिल कमलराज पन्थी, डालबहादुर नेपाली र बुद्धबहादुर थापाले पी’डित किशोरीको कि-टानी जाहेरीका आधारमा शाहलाई ह’दैसम्मको कै’द स’जाय हुनुपर्ने माग गरेका छन् ।

जाहेरीवालका किशोरीका तर्फबाट अधिवक्ता सरिता तिवारी र भूपेन्द्र खनालले बहस गरेका थिए ।किशोरीको पक्षबाट बहस गरेकाहरुले पी’डितको निवेदन र माग दा’बी बमोजिम १२ देखि १४ वर्ष कै’द स-जाय हुनुपर्ने माग गरेका छन् । बुधबार दिउँसो १ बजे सरकारी वकिलको बहस सकिएको थियो ।

बुधबार दिउँसो सवा १ बजेपछि पल शाहका तर्फबाट ९ जना वकिलले बहस सुरु गरेका छन् । प्रतिवादी शाहका पक्षबाट बहस गरेका वकिलहरुले किशोरीले शाहलाई झु’ठो आरो-प लगाएर फसाउन खोजेको दाबी गरेका छन् । ‘पल शाहलाई किर्ते गरेर फ’साउन खोजिएको छ,

शाह नि’र्दोष छन्,’ अधिवक्ता गणेश अधिकारीले भने, ‘बिनाप्रमाण झुठा आरोप लगाएर शाहलाई फ’साउन खोज्ने नियत खरा-ब देखिएकाले उनलाई रिहा गर्नु पर्ने माग ग¥र्‍यौं ।’शाहको तर्फबाट वरिष्ठ अधिवक्ताद्वय यदुनाथ खनाल, कमलामोहन वाग्ले, बारका जिल्ला अध्यक्ष चेतनारायण भुसाल, अधिवक्ता भानुभक्त सुवेदी, जनकराज ढुंगाना माधव घिमिरे लगायतले बहस गरेका थिए ।

उनीहरुले शाह नि’र्दोष रहेको दाबी गर्दै रि’हाईको माग गरेका थिए ।जिल्ला अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीका अनुसार शाहका पबाट ९ जना वकिल अधिवक्ताले बहस पैरवी गरेका थिए । तनहुँ प्रहरी हिरासतमा रहेका शाहलाई मंगलबार जिल्ला अदालत पूर्वी नवलपरासीमा ल्याएर बयान लिइएको थियो । कान्तिपुर

२०७८ चैत्र २३, बुधबार प्रकाशित 1 Minute 222 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार