२०८० जेष्ठ २६ शुक्रबार
  • काठमाडौँ

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा एयरलाइन्सलाई आकर्षित गर्न छुटको प्रस्ताव !

काठमाडौं : नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडानहरु आक-र्षित गर्न सरकारले वायुसेवा कम्पनीहरुलाई विभिन्न शुल्कमा छुट दिने तयारी गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणमार्फत गरिएको प्रस्ताव अनुसार गौतमबुद्ध विमानस्थलमा व्यावसायिक उडानमा वायुसेवा कम्पनी आउने वातावरण बनाउन पहिलो ६ महिनासम्म ल्यान्डिङ तथा पार्किङमा लाग्ने शुल्कलाई शतप्र-तिशत छुट दिने गरी प्रस्ताव गरिएको छ ।

त्यसपछिको ६ महिनाका लागि भने ५० प्रतिशत छुट दिने प्रस्ताव गरिएको छ । यस्तो प्रस्ताव तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत मन्त्रिपरिषद् पुग्नेछ । त्यहाँबाट पास भएपछि सोही अनुसार वायुसेवा कम्पनीहरुलाई जहाज उडानमा आक-र्षित गर्न आह्वान गरिने भएको छ ।

संसारभर नयाँ विमानस्थलमा केही समय वायुसेवा कम्पनीलाई आकर्षक छुट दिएर अभिप्रेरित गर्ने प्रचलन रहेको छ,’ प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘सोही अनुसार नेपालले समेत गौतमबुद्ध विमानस्थलमा छुट दिने तयारी गरेको हो ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले क्या-लिब्रेसन फ्लाइटको नतिजा आएसँगै यो विमानस्थल सुरक्षित उडानयोग्य रहेको सूचना अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुलाई भने यसअघि नै दिइसकेको छ ।

अहिलेसम्म जजिरा एयरवेज मात्र इच्छुक सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा २ जेठ (बुद्ध पूर्णिमा)बाट व्यावसायिक उडान गर्ने तयारी गरेको छ । यो विमानस्थलमा अहिलेसम्म कुवेतको जजिरा एयरवेजले मात्र उडानका लागि प्रस्ताव पेश गरेको छ । सोही अनुसार सो कम्पनीले नेपालको तर्फबाट अनुमति पनि पाइसकेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक देवचन्द्र लाल कर्णका अनुसार कुवेतको जजिरा एयरवेजले नेपालको तर्फबाट अनुमति पाएको हो । अन्य कम्पनीबाट भने अहिलेसम्म कुनै प्रस्ताव प्राप्त नभएको उनले जानकारी दिए ।
जजिराले अब आफ्नो मुलुकबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने गरि अनुमति लिएपछि सो कम्पनीको उडानको बाटो खुल्ने छ । जजिराले अहिले काठमाडौं विमानस्थलमा नियमित उडान गरिरहेको छ ।

धेरै मुलुकसँग हवाई सेवा सम्झौतामा परिमार्जन आवश्यकनेपालले अहिलेसम्म ४० वटा मुलुकसँग हवाई सेवा सम्झौता गरिसकेको छ । ती सम्झौतामध्ये अधिकांशमा नेपाल भित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मात्र नाम उल्लेख छ ।

सोहीकारण धेरै मुलुकसँग गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान विस्तार गर्न हवाई सेवा सम्झौतामा परिमार्जनको पनि आवश्यकता पर्छ । सम्झौतामा विमानस्थलको नाम उल्लेख नभएकाको हकमा भने सम्बन्धित निकायबाट छुट्टै अनुमति लिनुपर्छ । प्राधिकरणका उपमहानिर्देशक कर्ण भन्छन्, ‘नयाँ विमानस्थलमा त्रिभुवन विमानस्थलमा जस्तै भीडभाडसहित उडान भइहाल्छ भन्ने सोच्नु हुँदैन, कतिपय सम्झौताहरुले पनि उडानहरु रोक्न सक्छ, त्यसलाई आवश्यकताका आधारमा फुकाउँदै जानु पर्छ ।’

नेपाल सरकारले पछिल्लो समय हुने हवाई सेवा सम्झौतामा भने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई समेत समेट्ने गरेको छ ।यो विमानस्थलमा ग्राउण्ड ह्यान्ड-लिङको जिम्मेवारी नेपाल एयरलाइन्सले पाएको छ । सोहीकारण विमानस्थलमा परीक्ष-ण उडान समेत नेवानिकै जहाजबाट हुनेछ ।

परीक्षण उडान १ वैशाखमा गर्ने तयारी छ । तर, यसका लागि अनुमति भने अझै जारी भइनसकेको प्राधिकरणले जनाएको छ । परीक्षण उडानपछि प्राधिकरणले विमानस्थल व्यवसायिक रुपमा संचालनका लागि खुला भएको घो-षणा गर्नेछ । त्यसपछि नियमित बाहेक आवश्यक अवस्थामा यो विमानस्थलमा उडान/अवतरण सम्भव हुने छ ।

प्राधिकरणका अनुसार कारणवशः अहिले त्रिभुवन विमानस्थलमा अवतरण गर्न नसेकका हवाई-जहाजले वैकल्पिक विमानस्थलको खोजीमा बंगलादेशको ढाका वा भारतका विभिन्न विमानस्थलमा जानु पर्ने बाध्यता छ । अब यो बाध्य-ता हट्नेछ । विदेशबाट आएका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले वै-कल्पिक विमानस्थलका रुपमा गौतमबुद्ध विमानस्थल छान्नेछन् ।

अन्य कम्पनीका जहाजले पनि आपतकालीन अवस्थामा सो दिनपछि विकल्प पाउने प्राधिकरणको भनाइ छ । सामान्यतया गन्तव्य विमानस्थलमा अवतरणको समस्या भएमा वि-कल्पमा कुन विमानस्थलमा जाने भन्ने योजना वायुसेवा कम्पनीले अगाडि नै गरेका हुन्छन् । यो अवस्थामा अब नेपाल भित्रै दोस्रो अन्तर्राष्ट्रिय सुविधासम्पन्न विमानस्थल तयार भएको छ । जसमा त्रिभुवन विमानस्थलमा जस्तै सबै सुविधा उपलब्ध रहेको छ ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 1 Minute 264 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।