२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

गौतमबुद्ध विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल एअरलाइन्सले गर्ने !

काठमाण्डो : भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को जहाजले गर्ने भएको छ ।

आउँदो वैशाख १ गते वायु सेवा निगमको जहाजले परीक्षण उडान गर्ने तयारी भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । भैरहवा विमानस्थलबाट व्यावसायिक रूपमा अन्तर्राष्ट्रिय उडान सुरु गर्ने अन्तिम

तयारीअनुसार काम भइरहेको नागरिक उड्डयन प्राधिकरणका
महानिर्देशक प्रदीप अधिकारीले बताउनुभयो । आउँदो वैशाख १ गते परीक्षण उडान गर्ने र बुद्ध जयन्तीका दिन अर्थात् जेठ २ गतेदेखि व्यावसायिक अन्तर्राष्ट्रिय उडान सुरु गर्ने प्राधिकरणको योजना छ ।

यो विमानस्थलमा व्यावसायिक उडान गर्नका लागि अहिलेसम्म ११ वटा कम्पनीको चासो देखाएका प्राधिकरणले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले गौतमबुद्ध विमानस्थलबाट चाँडो व्यावसायिक उडान गर्न निर्देशन दिएसँगै प्राधिकरणले त्यसको तयारी गरेको हो ।

यो विमानस्थलमा क्यालिब्रेशन फ्लाइट अर्थात् परीक्षण उडान उडान भइसके पनि प्रतिवेदन आउन बाँकी छ । यो विमानस्थलमा गएको फागुन पहिलो हप्ता थाइल्यान्डको एरो थाईले क्यालिब्रेशन फ्लाइट गरेको थियो ।

यो विमानस्थलबाट उडान गर्न सरकारले हवाई सेवा कम्पनीलाई औपचारिक आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ । यो विमानस्थलमा व्यावसायिक उडानका लागि चासो देखाउनेमा नेपाली ध्वजावाहक नेपाल वायु सेवा, जजिरा एअरवेज,

श्रीलङ्कन एअर, सलाम एअर, थाई स्माइल, कतार एअर, फ्लाई दुबई, गल्फ एअर, गो एअर, एअर बिच र ओमन एअर रहेका छन् । हप्ताको सातै दिन उडान गर्ने योजना बनाएको जजिरा एअरवेजले भैरहवाबाट कुवेत सिटीमा सिधा उडान गर्न अनुमति मागेको प्राधिकरणले जनाएको छ ।

२०७८ चैत्र २१, सोमबार प्रकाशित 0 Minutes 256 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।