
काठमाडौं : साउदी अरबका संस्कृति मन्त्री बद्र बिन अब्दुल्लाह बिन मोहम्मद बिन फरहान अल सउदले आइतबार बलिउड स्टार शाहरुख खान, सलमान खान र अक्षय कुमारसँग भेट गरेका छन् ।
यसपछि उनले यी स्टारहरुसँगको भेटका तस्विरहरु ट्वीटरमा सेयर गरेका छन् । यस भेटमा उनीसँगै सैफ अली खान पनि थिए । उनले ट्वीटरमा यी फिल्मस्टारलाई ट्याग गर्दै यो भेट ‘साझेदारीको अवसर’ को खोजीमा भएको लेखेका छन् ।
उनले लेखेका छन्, ‘बलिउड स्टारहरू सहित फस्टाउँदो भारतीय फिल्म समुदायका सदस्यहरूसँगको भेट निकै राम्रो थियो। यी बैठकहरू साझेदारीका सम्भावनाहरू अन्वेषण गर्न थिए। तर, साउदी अरेबियाका संस्कृतिमन्त्रीले यी बलिउड स्टारहरूलाई कहाँ र कहिले भेटे भन्ने थाहा छैन।
जहाँसम्म यी फिल्मस्टारको वर्क फ्रन्टको कुरा छ, शाहरुख खान आफ्नो ठूलो एक्सन फिल्म ‘पठान’ को काममा व्यस्त छन् । फिल्म आगामी जनवरीमा रिलिज हुन सक्छ ।
सलमान खान आफ्नो आगामी फिल्म ‘टाइगर ३’ मा देखिनेछन् । यो फिल्म सन् २०२३ को अप्रिलमा सिनेमाघरमा रिलिज हुनेछ । हालै ‘बच्चन पाण्डे’ मा देखिएका अक्षय कुमार ‘पृथ्वीराज’, ‘रक्षा बन्धन’, ‘राम सेतु’ र ‘सेल्फी’ को सुटिङमा व्यस्त छन् । अर्कोतर्फ सैफ अली खान ऋतिक रोशनसँग ‘विक्रम वेधा’ मा देखिनेछन् ।-डिसि नेपाल