२०८० जेष्ठ २२ सोमबार
  • काठमाडौँ

बेहुली झैँ सिँगारियो नेपाल रेलवे, कहाँको कति भाडा ?

चैत २०, जनकपुरधाम : बहुप्रतिक्षित नेपाल रेल्वे आजदेखि चल्न तयारी अवस्थामा बसेको छ । भारतको जयनगर स्टेशनस्थित रेल्वेशलाई नवदुल्ही जस्तै सजाईएको छ ।

आज प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदीले सँयुक्त रुपमा भर्चुअल रिमोट कन्ट्रोलबाट रेल उदघाटन गर्ने कार्यक्रम तय भएको छ ।आज दिउँसो दुवै देशका प्रधानमन्त्रीले भर्चुअल विधिबाट रेलको उदघाटन गरी नियमित रुपमा दैनिक दुई पटक यात्रु लिएर रेल सँचालन हुने भएको छ ।

विगत ८ बर्षदेखि नै रेल बन्द हुँदा नेपाल भारतबीचको व्यापारिक चहलपलह समेत बन्द भएको थियो भने यहाँका व्यापारीहरुलाई समस्या हुँदै आएको थियो । यद्यपी, अब हुलाकी सडकसहित सदरमुकाम जोडने अन्य सडकहरु पूर्ण रुपमा सुचारु भएको र बस सेवाहरु सँचालनमा आएपछि रेलप्रति चासो कम हुने बुझिएको छ ।

एक मात्र रेलमा भाडादर समेत उच्च रहेको अवस्थामा रेलप्रति सर्वसाधारण भन्दा व्यापारी, बिलोकियाहरु मात्र बढी ओहोर दोहोर गर्ने देखिएको छ । नेपाली नागरिकले साथमा पासपोर्ट वा नेपाली नागरिकताको प्रमाणपत्र बोक्नुपर्ने बताइएको छ ।

नागरिकता नभएमा निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र भए पनि चढ्न सकिने नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । आकस्मिक प्रवेशकालागि महावाणिज्य दूतावासद्वारा जारी गरिएको फोटोसहितको सिफारिसपत्र वा प्रमाणपत्र चाहिने व्यवस्था गरिएको छ ।

१० देखि १८ वर्ष उमेरका बालबालिकाको हकमा स्कुलको फोटो सहितको परिचयपत्र अनिवार्यरुपमा साथमा राख्नु पर्ने कम्पनीले जनाएको छ । त्यस्तै नेपाली रेल चढ्न भारतीय नागरिकले भारत सरकारद्वारा जारी राष्ट्रिय पासपोर्ट, भारतीय निर्वाचन आयोगद्वारा जारी पहिचानपत्र लिनुपर्ने जनाइएको छ ।

यता जनकपुरधाम स्टेशनलाई केन्द्र मानेर रेल्वे विभागले भाडा दर निर्धारण गरेको छ । सो अनुसार जनकपुरधामबाट कुर्था जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यहाँबाट परवाहा जान सामान्य कोचमा २० रुपैयाँ र एसी कोचमा एक सय रुपैयाँ, वैदेही जान सामान्य कोचमा २५ रुपैयाँ र एसी कोचमा १ सय २५ रुपैयाँ, महिनाथपुर पुग्न सामान्य कोचमा ३५ रुपैयाँ र एसी कोचमा १ सय ७५ रुपैयाँ भाडा दर निर्धारण गरिएको छ ।

यस्तै, खजुरी पुग्न सामान्य कोचमा ५५ रुपैयाँ र एसी कोचमा २ सय ७५ रुपैयाँ, इनर्वा पुग्न सामान्य कोचमा ६० रुपैयाँ र एसी कोचमा ३ सय रुपैयाँ तथा जयनगर पुग्न सामान्य कोचमा ७० रुपैयाँ र एसी कोचमा ३ सय ५० रुपैयाँ भाडा दर तोकिएको छ ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 0 Minutes 170 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।