२०७९ जेष्ठ ७ शनिबार
  • काठमाडौँ

सप्तरीमा एक लिटर पेट्रोलको ३२० तिर्न बाध्य, अन्य शहरमा कति ?

चैत २०, सप्तरी : राजबिराजमा बसोबास गर्दै आएका ३० वर्षीय अरूण यादवको म‍ोटर साइकलको पेट्रोल सकियो । उनी शनिबार पेट्रोल खोज्न निस्के।

नजिकका सबै पेट्रोल पम्प धाए । पेट्रोल कुनै पम्पमा पाएनन् । एक जना स्थानीयको सहयोगमा बोतलको एक लिटर पेट्रोलको ३२० तिरेर तत्काल काम चलाए ।

पेट्रोल डिजल किनेर स्टोकमा राखेकाहरूले अहिले एक लिटरको २५० देखि ३५० रूपैयाँ लिएर उपभोक्तालाईलाई दिँदै आएको स्थानीयको गुनासो छ। राजविराज–१ का ३५ वर्षीय परमेश्वर झाले शुक्रबार जिल्लाका विभिन्न पेट्रोल पम्पमा तेल खोज्न धाए ।

बल्लतल्ल एउटा पम्पमा पेट्रोल पाइयो । तर हजार जनाभन्दा बढी संख्यामा उपभोक्ताको लाइन थियो । एक घण्टाभन्दा बढी उभिएर पेट्रोल लिँदा पनि आवश्यकता जति नपाएको बताए।

पेट्रोलको अभावमा सधैं मोटरसाइकल स्कुटीमा देखिनेहरू यतिबेला हिँडेर आवतजावत गरेको देखिन थालेका छन्। इन्धन ढुवानी गर्ने व्यवसायीले विभिन्न माग राखेर डिपोबाट तेल नपठाउँदा पेट्रोलियम पदार्थको अभाव भएको स्थानीय

पेट्रोलियम पम्प व्यवसायीहरू बताउँछन् । शनिबार साँझ आन्दोलनरत पक्षसहित सरोकारवालबीच सहमति भएकाले अब पेट्रोलियम पदार्थ सहज हुने आशा गरिएको छ ।- न्युज कारखाना

२०७८ चैत्र २०, आईतवार प्रकाशित 1 Minute 144 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार