२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

पेट्रोलियम व्यवसायीहरुले फिर्ता लिए आ’न्दोलन !(विज्ञप्ति सहित)

चैत २०, काठमाडौं : आइतबारदेखि देशव्यापी आ-न्दोलन गर्ने भनेका पेट्रोलियम व्यवसायीहरूले आन्दो-लन फिर्ता लिएका छन् । आन्दो-लन गर्न तोकिएको मितिको अघिल्लो दिन आज

(शनिबार) नेपाल आयल निगमसँगको वार्तापछि व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका हुन् । राष्ट्रिय पेट्रोल व्यवसाय संस्थागत समन्वय समितिका प्रवक्ता विश्वप्रसाद अर्याल र निगमका प्रवक्ता ई.विनितमणि उपाध्यायबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सहमतिसँगै जारी विज्ञप्तिमा पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं. ६ को एल।पी। ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको

सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्ने गरी आवश्यक कार्य गर्ने भनिएको छ । यसअघि, विश्वव्यापीरूपमा पेट्रोलियम पदार्थको मूल्य बढेपनि निगमले ढुवानी भाडा नबढाएपछि

व्यवासायीहरुले ढुवानी तथा विक्री वितरण बन्द गर्ने घोषणा गरेका थिए । तर, यस विषयमा निगमका प्रवक्ता उपाध्यायसँग शनिबार साँझ अबेरसम्म व्यवसायीहरु छलफलमा जुटेपछि सहमतिको निकास निस्केको छ ।

२०७८ चैत्र २०, आईतवार प्रकाशित 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।