
काठमाडौँ : सरकारले मिर्गौला र क्या-न्सर पी-डित बिरामीलाई औषधि उपचार खर्चवापत मासिक पाँच हजार रुपैयाँ प्रदान गर्ने भएको छ।
त्यसैगरी मेरुदण्ड पक्षघात भएका बिरा-मीलाई पनि औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ प्रदान गर्न लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
गम्भीर प्रकारका रोगको औषधि उप-चार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै बिरामीले मासिक रुपमा उपचार खर्च पाउन लागेका हुन्।
मिर्गौला प्रत्या-रोपण गरेका, नियमित डायलाइसिस गराइरहेका, क्या-न्सर रोगी तथा मेरुदण्ड प-क्षाघात भएका बिरा-मीले औ’षधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ सरकारबाट साहयोग प्राप्त गर्न लागेका हुन्।
यही चैत १३ गते बसकेको मन्त्रिपरिषद् बैठकले औषधि उपचार सम्बन्धी कार्यविधि स्वीकृत गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाले रकम उपलब्ध गराउनका लागि देशभरका ७ सय ५३ स्थाननय तहमा पत्राचारसमेत गरिसकेको छ। स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गरेपछि राहत वितरण सुरु गििरनेता छ।
आगामी वैशाख देखि नै यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने गरी तयारी सुरु गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले जानकारी दिए।
सरकारले त्यस्ता बिरामीलाई दोहोरो सुविधा भने दिने छैन।
जेष्ठ नागरिक भत्ता, एकल महिला भत्ता, दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अ-पांग भत्ता पाउनेले भने यो सुविधा नपाउने मन्त्रालयले जनाएको छ।
त्यस्ता बिरा-मीले सामाजिक सुरक्षा भत्ता वा उप-चार खर्च मध्ये एक रोज्नुपर्ने अधिकारीले जानकारी दिए। त्यसैगरी एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता नयाउने मन्त्रालयले जनाएको छ।