२०८० मंसिर २२ शुक्रबार
  • काठमाडौँ

कोरियाको कारण नयाँ राहादानी लिनै सास्ती !

चैत १८, काठमाडौ : राहदानी विभागका प्रवक्ता शरदराज अरन अहिले विभागमा देखिएको भिड कोरियाको ईपीएस खुलेका कारण भएको बताउनुहुन्छ ।

‘विभागले बोलाएको समयमा नआइ बिहानैदेखि मानिस आउने गरेका कारण भिड बढको हो’ अरन भन्नुहुन्छ, ‘तोकिएको समयमा मान्छे् आउने हो भने भिड हुँदैन । पाँच हजार मान्छे एकै पटक आएपछि त विभागमा पनि भिड हुन्छ ।

उभिने ठाउँ पनि हुँदैन ।’ इपीएसको म्याद अप्रिल ४ अर्थात आउँदो २१ गतेसम्म रहेकोमा भिड बढेको र त्यसपछि घट्ने उहाँ बताउनुहुन्छ । फारम भर्दा त्यसमा मिति तथा समय उल्लेख गरिएको हुने हुँदा तोकिएको समयमा मात्र विभागमा आएर काम गर्न सहज वातावरण बनाइ दिन पनि उहाँको आग्रह छ ।

‘धेरै जना तोकिएको समयमा नआइ बिहानैदेखि आएका कारण अहिले हामी बिहान सात बजेदेखि काम गरिरहेका छौँ’ उहाँको गुनासो छ, ‘दुई बजे बोलाएको मान्छे बिहान आउँछन् ।

पछि आउनुस भन्दा होइन आइसकियो अब यतै बस्छौँ भनेपछि हामीले पनि के गर्ने ।’ हाल विभागले दैनिक दुई हजार पासपोर्ट वितरण गरिरहेको छ । ‘अहिले जिल्लाबाट पूर्ण क्षमतामा पासपोर्ट वितरण भएको छैन ।

अरन भन्नुहुन्छ, ‘जिल्लाहरुमा कुरा गर्दा जनशक्ति कम छ भन्छन् त्यसैले विभागमार्फत गृहमा पत्राचार गरेर जिल्लामा एक/एक जना भए पनि कम्प्युटर अपरेटर थप्न अनुरोध गरेका छौँ ।’

जिल्लाहरुमा एक एक हप्तामा पासपोर्ट पठाए पनि जनशक्तिको अभावमा त्यसको वितरण हुन सकेको छैन । हाल जिल्लाहरुमा दैनिक ३०/४० वटा मात्र पासपोर्ट वितरण भइरहेको छ । जिल्लाबाट कम राहदानी वितरण भएका कारण पनि विभागमा भिड बढेको प्रवक्ता अरनको भनाइ छ ।

२०७८ चैत्र १८, शुक्रबार प्रकाशित 0 Minutes 85 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।