
काठमाडौ : सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने र अंगभं-ग हुने श्रमिक वा उनीहरूका हकवालाले अनलाइनबाटै क्ष’तिपूर्ति पाउने भएका छन् ।
आज श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले अनलाइनबाटै क्ष’तिपूर्ति दिने प्रणाली सुरुवात गरेका हुन् । वैदेशीक रोजगार बोर्डले तयार पारेको अनलाइन प्रणालीबाट पी-डितले घरमै बसेर अनलाइनमार्फत क्ष-तिपूर्ति पाउने भएका हुन् ।
बोर्डले तयार पारेको यो प्रणालीमार्फत विदेशमा आफन्त गु’माएका वा वैदेशिक रोजगारीका क्रममा घा’इते भएका पी-डितले घरमै बसेर क्ष-तिपूर्ति आवेदन गर्न पाउनेछन् । उनीहरूले बोर्डले तयार पारेको प्रणालीमा राहदानी विभागले उपलब्ध गराउने राहदानी कोड (पासपोर्ट नम्बर) हालेपछि प्रणालीले आवश्यक सम्पूर्ण कागजात आफै उपलब्ध गराउने छ ।
कुन देश गएको, कुस्तो प्रकृतिको रोजगारीमा गएको, कहिले गएको, कुन कम्पनीमा गएको जानकारी दिन्छ । यसपछि, अन्य आवश्यक प्रकृया पनि सोही प्रणालीले मिलाउने बोर्डले बताएको छ ।
यसअघि, पी-डित पक्ष देशको जुनसुकै कुनाबाट काठमाडौंमा रहेको बोर्डको कार्यालयमै उपस्थित हुनुपर्थ्यो । त्यसका लागि वडाको सिफारिस आवश्यक पर्थ्यो
अब यस्तो प्रकारको कुनै पनि झन्झट आवश्यक नपर्ने बताइएको छ । सम्पूर्ण प्रक्रिया अनलाइनबाटै पुरा हुने र पी’डितले पाउने क्ष-तिपूर्ति बैंकमार्फत हकवाला वा पीडितको खातामा पठाइने छ ।
र, बैंकवालालाई खातामा रकम आएको जानकारी समेत एसएमसमार्फत दिइने बोर्डको भनाइ छ । बोर्डले करिब ७ महिनाको परीक्षणपछि आजबाट औ-पचारिकरुपमा यो प्रणाली सञ्चालनमा ल्याएको हो ।
अनलाईन प्रणाली उद्घाटन गर्दै मन्त्री श्रेष्ठले यो प्रणालीले वैदेशिक रोजगारीमा गएका ज्यान गुमाउने र घाइते तथा अपांग भएकाहरूले पाउनुपर्ने क्ष-तिपूर्ति सहज ढंगले उपलब्ध हुने बताए । यसबाट, पीडित अनावश्यक र झन्झ-टिलो प्रकृयाबाट मुक्त हुने उनको भनाइ छ । रातोपाटी