२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

कामदारको स्वास्थ्य परीक्षणमा हुने सिन्डिकेट अन्त्य गर्ने श्रममन्त्रीको प्रतिबद्धता !

चैत १३, काठमाडौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठ (किसान)ले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षणमा हुने गरेको सिन्डिकेट

अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले स्वास्थ्य परीक्षणमा हुने मनोमानी अन्त्य गर्न मलेसिया सरकारसँग गम्भीर छलफल गर्नेसमेत बताएका छन् ।

वैदेशिक रोजगारमा बिदेश जानेहरुको स्वास्थ्य परिक्षण गर्ने संस्था १२२ वटा भएपनि ३६ वटा संस्थाले मात्रै हाल एकलौटी कामदारको स्वास्थ्य परीक्षणका नाममा सिन्डिकेट कायम गरेका छन् । ति संस्थाहरुले मलेसिया जाने कामदारबाट मनपरी सुल्क उठाइरहेको गुनासो आइरहेको मन्त्री श्रेष्ठले बताए ।

मन्त्री श्रेष्ठले बेलायत, माल्दिभ्स, इजरायल र सिसेल्ससँग श्रम सम्झौताको तयारी भइरहेको समेत बताएका छन् । ती ४ मुलुकमा निर्माण क्षेत्रमा नेपाली कामदार पठाउनका लागि श्रम सम्झौताको तयारी भएको उनले बताए ।

आफूले कार्यभार सम्हालेपछि श्रम स्वीकृतिलाई पेपरलेस बनाइएको उनले बताए । वैदेशिक रोजगारमा गएकाहरुको समस्या हेर्नेगरी प्रहरी इकाई गठन गर्ने तयारी भइरहेको समेत उनले बताए ।

हाल १७८ मुलुकमा नेपालीहरु व्यक्तिगत श्रम स्वीकृतिमार्फत जाने गरेका छन् भने ११० मुलुकमा संस्थागत श्रम स्वीकृति लिएर जान पाउने व्यवस्था छ । -मध्यान्ह

२०७८ चैत्र १४, सोमबार प्रकाशित 1 Minute 179 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।