२०८० आश्विन १५ सोमबार
  • काठमाडौँ

सरकारले तोक्यो रेलको भाडा, कहाँको कति ?

चैत ९, काठमाडौं : रेल दु-घर्ट’नाबाट मृ-त्यु भएमा मृ’तकका परिवारलाई सरकारले जनही ७ लाख रुपैयाँसम्म क्ष-तिपूर्ति पाउने कायम गरेको छ । नेपालभित्र र नेपालबाहिरसमेत नेपाली रेल दु-र्घ’टनाबाट मृ-त्यु भएका मृतकका परिवारदेखि घाइतेसम्मलाई

रकम नै उल्लेख गरेर क्ष-तिपूर्ति र राहतको व्यवस्था मिलाइएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार जारी गरेको ‘रेल्वे अध्यादेश’ अनुसार दु-र्घ’टनापछि घाइते र मृतकका परिवारजनलाई १ लाखदेखि ७ लाखसम्मको राहत र क्ष-तिपूर्ति उल्लेख गरेर रेल सञ्चालन गर्ने भएको छ ।

रेल दु-र्घ’टनामा कुनै व्यक्तिलाई हानी कुनै किसिमको हानी वा नोक्सानी पुग्न गएमा बोर्डले त्यस्तो व्यक्ति वा निजको मृ-त्यु भएमा मृतकको नजिकका हकवालालाई राहत तथा क्ष-तिपूर्ति दिने गरी रेल्वे अध्यादेश जारी गरिएको छ । रेलका कुनै यात्री वा अन्य व्यक्तिलाई चो-टपटक लागेकोमा चो-टपटकको स्थिति हेरेर औ-षधिउपचार खर्चबापत १ लाख रुपैयाँसम्म क्ष-तिपूर्ति दिने अध्यादेशमा उल्लेख छ ।

‘कुनै व्यक्ति अं-गभंग भई निको नभई काम नलाग्ने भएमा सो अं-गभंग बापत प्रत्येक अंगको २ लाख ५० हजार रुपैयाँ र त्यस्तो अंग काम लाग्ने भए घा-उ खर्चबापत १ लाख ५० हजार रुपैयाँसम्म’ उपचार खर्चको व्यवस्था मिलाएको छ ।

‘दु-र्घ’टनाबाट कुनै व्यक्तिको मृ-त्यु भएमा किरिया खर्च तथा राहतबापत ७ लाख रुपैयाँ राहत दिइने’ उल्लेख भएको अध्यादेश जारी भएलगत्तै रेल सञ्चालनको कानुनी बाटो खुला भएको छ । को-भिड महामारीका कारणसमेत रेल सञ्चालन हुन नसकेको अवस्थामा यसअघि रेल सञ्चालनका लागि जारी गरिएको अध्यादेश संघीय संसदवाट अनुमोदन हुन नसके पछि स्वतः खारेजीको अवस्थामा पुगेको थियो ।

तेस्रो पटक अध्यादेश जारी भएपछि रेल्वे वोर्डले रेल सञ्चालनको तयारी तिव्र पारेको नेपाल रेल्वे कम्पनीका महाप्रवन्धक निरञ्जन झाले जानकारी दिए । २०७७ असोजमा ल्याइएको दुईवटा रेल को-भिड महामा’री र कानुन नहुँदा सञ्चालनमा आउन नसके पनि कम्पनीले १ फागुनदेखि ‘टेस्टिङ ड्राइभ’ गरिरहेको छ ।

दुई साताभित्र रेलको औप-चारिक उद्घाटन गर्ने तयारीमा रहेको रेल्वे कम्पनीले जयनगर-जनकपुर-कुर्थाको ३४.९ किमी दुरीमा दिनको एकपटक सञ्चालन गर्ने तयारीमा छ भने सामान्य सिटबाट यात्रा गर्नेलाई ७० र एसी सिटमार्फत यात्रा गर्नेलाई ३ सय गरी दुई किसिमको भाडा दर कायम गरेको छ ।

२०७८ चैत्र ९, बुधबार प्रकाशित 1 Minute 184 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।