२०८० मंसिर १८ सोमबार
  • काठमाडौँ

डिग्री पास गरेका युवाहरु म्यादी प्रहरीमा, एसएलसी फेलहरु जनप्रतिनिधि बन्ने लाईनमा !

चैत ८, काठमान्डौ : दोलखाको चरिकोटकी रमिला श्रेष्ठ परिवारसँग शंखमुल बस्छिन्। डेरामा बुबा, आमा, भाइ, बहिनी छन्। परिवारको जेठो सन्तानका नाताले आर्थिक जिम्मेवारी उनकै काँधमा छ।

पुराना कागजहरूको पुनर्प्रयोगसम्बन्धी काम गर्दै उनले जसोतसो काठमाडौं बसेर भाइबहिनीको खर्चको जोहो गर्दै आएकी थिइन्। काठमाडौंमा जसोतसो जीविका चलाउँदै आएको उनको ध्यान आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि खोलिएको म्यादी प्रहरीको सूचनाले तानेको छ।

उनी त्यही अवसरबाट वञ्चित नहुन भर्ना हुन चाहन्छिन् ‘अहिलेको कामबाट आम्दानी राम्रो छैन। घरको आर्थिक अवस्था कमजोर भएर भर्ना हुन आएकी हुँ,’ आइतबार जावलाखेल प्रहरी परिसरमा म्यादी प्रहरीको आवेदन फाराम बुझाउने लाइनमा भेटिएकी रमिलाले भनिन्, ‘जेठो सन्तान भएपछि जिम्मेवारी काँधमा हुने रहेछ।

आफूले केही गर्न नसके पनि भाइ बहिनीहरूलाई दुःख नहोस भनेर यता आएकी छु।’स्नातक प्रथम वर्षमा अध्ययनरत रमिला चरिकोटमा केही अवसर नपाएपछि काठमाडौं हानिइन्। काठमाडौंमा गाडी चढ्न, पानी पिउन र शौचालय जान समेत पैसा चाहिन्छ।

पाइला पाइलामा पैसा चाहिने भएकाले पढाईसँगसँगै काम गर्नुपर्ने बाध्यता उनमा छ। ‘आफ्नो ठाउँ छोडेर अन्त बस्न कसैलाई रहर हुँदैन। तर रोजगारी नहुँदा थुप्रै पी’डा हुन्छ,’ रमिलाले भनिन्, ‘नाम निस्किनु ननिस्किनु आफ्नो ठाउँमा छ। आफूले केही गर्न सक्दिन भनेर हार मान्ने पनि हुँदैन। सायद नाम पनि निस्केला।’

प्रायः जवानहरू रहेको टेकुस्थित काठमाडौं प्रहरी परिसरको लाइनमा ३६ वर्षीय सीता ओझा पनि भेटिइन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनले म्यादी बन्न सुर कसेकी हुन्। ‘गरिबीका कारण म म्यादी प्रहरीमा भर्ना हुन आएकी हुँ,’ सीताले भनिन्, ‘थोरै कमाई भयो भने छोराछोरीलाई पढाउन र घरखर्च चलाउन सकिने आश छ।’

सीताका श्रीमानको खुट्टाको अ’परेसन भएको छ। उनी अहिले हिँडडुल गर्न सक्दैनन्। छोराको आँखामा मो’तियाविन्दु भएका कारण ध’मिलो देख्छन्। परिवारको खर्च उनी आफैँले धान्नुपर्ने अवस्था छ। ‘म जस्तो गाह्रो साह्रो पनि सं’घर्ष गरेर हेर्छु भनेर आएकी हुँ। परिवारमा छोराछोरीले पनि हाम्रो आर्थिक स्थिति कमजोर छ,

जानुस् भनेर स्वीकृति दिएर आएँ,’ सीताले भनिन्, ‘सरकारले हामीजस्ता गरिबलाई हेर्दैन नि। पहुँच र आफन्त छन् भने जागिर पाइन्छ नत्र त यसैगरी लाइन लागेर केही हुने आश गर्ने हो।’ललितपुरको लुभुकी सनिता श्रेष्ठको अ’वस्था पनि सीताको जस्तै छ।

एक सन्तानकी आमा उनी पनि आर्थिक अवस्था कमजोर भएकैले घण्टौँ लाइनमा उभिएर म्यादी प्रहरीको फारम भरिन्। ‘जागिर नभेटेपछि बाध्यताले बेरोजगार भएर आएकी हुँ,’ सनिताले भनिन्, ‘केही भए पनि घरपरिवार चलाउन, छोराछोरी पढाउन हुन्छ।

यही फिल्डमा काम गर्दा पनि यही अनुभवले काम गर्ला कि भन्ने लागेर आएकी हुँ।’ललितपुर परिसरकै लाइनमा बसेकी पुल्चोककी निर्जना महर्जन म्यादी प्रहरीका लागि देखिएको लाइनले देशमा बेरोजगारीको अवस्था चित्रण गरेको बताउँछिन्। ‘यहाँ हेर्दा धेरैजना बेरोजगार देखियो।

सानोदेखि ठूलेसम्म सबै लाइनमा छन्,’ निर्जनाले भनिन्, ‘दुई महिना भए पनि राहात हुन्छ भनेर धेरैजना लाइन लागेको देखियो । यही हेर्दा रोजगारी सिर्जना गर्न सबैको ध्यान पुग्नुपर्ने देखिन्छ । देशमै रोजगारी भए धेरै स’मस्या स’माधान हुने रहेछन्।’

म्यादीमा आवेदन दिने लाइनमा नेपाली सेना, सशस्त्र र प्रहरी छनोटमा फेल भएकाहरु समेत भेटिए। ललितपुरको लेलेका २१ वर्षीय अच्युत कुमार महताले दुई वर्षअघि नै सेनामा जागिरका लागि आवेदन दिएका थिए। तर छनोटमा उनी असफल भए। अझै एकवर्ष सेनामा भर्ना हुन पाउने उमेर छ।

तर घरमै बसेका बेला फुर्सदको समय सदुपयोग गर्न आवेदन दिएको बताए। ‘अनुभव पनि हुन्छ। आर्मी, पुलिस फिल्डमा जान सजिलो पनि हुन्छ। अरुलाई कसरी सम्मान गर्ने र अनुशासनमा बस्ने पनि सिकिन्छ,’ महताले भने, ‘घरमै बेरोजगार बसिरहेको थिएँ।

खुलेको बेला दिइहालौँ भनेर आएँ।’इमाडोलमा बस्दै आएका अन्जन राना मगरले पनि असईमा छनोट नभएपछि म्यादीमै ४० दिने जागिर खाने आँट गरेका छन्। प्रहरीमा जागिर पाउन अझै दुई वर्ष बाँकी रहेकाले यहाँको अनुभव उता काम लाग्ने विश्वास उनको छ।

चैत ११ गतेसम्म आवेदन दिन पाइने म्यादी प्रहरीका लागि आइतवार पहिलो दिन उपत्यकाका तीनवटै प्रहरी परिसरमा आवेदन दिनेको लाइन थियो। काठमाडौं परिसरले २ हजार ७ सय ६७ जना, ललितपुर परिसरमा १२ सय ५ र भक्तपुरमा साढे ७ सय जनाको भर्ना गर्ने कोटा छ।

देशभर एक लाख म्यादी भर्ना गर्ने सरकारले निर्णय गरेको छ। आवेदन सबै जिल्ला प्रहरी कार्यालयमा दिन सकिनेछ। १८ वर्ष पूरा भएका ५४ वर्षसम्मका नागरिकले म्यादीमा आवेदन दिन सक्नेछन्। यसअघिका म्यादी प्रहरी र भूतपूर्व सुरक्षाकर्मीले प्राथमिकता पाउने छन्।

२०७८ चैत्र ८, मंगलवार प्रकाशित 0 Minutes 341 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।